१४ मंसिर २०८३, आईतवार

झलनाथले समाजवादी मोर्चा घोषणा कार्यक्रम बहिष्कार गर्ने, के हो खेल ?

एसीपी संवाददाता

४ असार २०८०, सोमबार २१:५३ मा प्रकाशित

काठमाडौं – समाजवादी मोर्चा घोषणालाई लिएर एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल असन्तुष्ट देखिएका छन् ।

जसकारण समाजेवादी मोर्चाको घोषणा कार्यक्रममा उनी सहभागी नहुने बताइएको छ । माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेकपा सम्मिलित समाजवादी मोर्चाको घोषणा सभा सोमबार अपराह्न ४ बजे राखिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रतिबद्धता पत्रलाई अन्तिम रूप दिन चार दलका नेताहरूको बैठकमा नेता खनालले मोर्चाको प्रधान शत्रु को हो ? भनेर प्रश्न गरेका थिए ।

नेताहरुले अहिले मोर्चाको उद्देश्यहरू तय गरेको र अरु विषय छलफल गर्दै जाने बताएका थिए । तर खनालले प्रधान शत्रु नतोकी मोर्चामा नबस्ने बताएर हिँडेका थिए ।

‘म आजको कार्यक्रममा पनि आउँदिन भनेर उहाँ हिँड्नु भएको हो’, एक नेताले सुनाए । खनालले भ्याए जाने, नभए घोषणा कार्यक्रममा नजाने जानकारी दिएका छन् ।

पछिल्लो समय खनाल माधव नेपालसँग सन्तुष्ट छैनन् । खनालले एमाले अध्यक्ष केपी ओलीसँग हिमचिम बढाइरहेका छन् ।

एमालेले ७० वर्षे उमेरहद प्रावधान खारेज गरेकाले खनाल सो पार्टीमा फर्किन सक्ने सूत्रले बताएको छ । एकीकृत समाजवादीका बहुमत सांसद अहिले खनालतिर छन् । उनीहरूले एमालेका नेताहरूसँग बसउठ गरिरहेको थाहा पाएपछि माधव नेपाल भाउन्न भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x