३१ भाद्र २०८३, बुधबार

काठमाडौँमा हिन्दी फिल्म रोक्ने बालेनको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

एसीपी संवाददाता

८ असार २०८०, शुक्रबार ०५:०१ मा प्रकाशित

काठमाडौँ । पाटन उच्च अदालतले काठमाडौँ महानगरपालिकाको भारतीय फिल्ममा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

भारतीय फिल्म आदिपुरुषमा ‘जनक भारतकी छोरी’ संवादलाई लिएर महानगरले भारतीय फिल्ममा चल्न नदिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध नेपाल चलचित्र संघले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ गर्दै उच्चका न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई १२ असारमा बोलाएको छ । काठमाडौँ महानगर प्रमुख वालेन्द्र साह (बालेन) को निर्देशनमा गत सोमबारदेखि काठमाडौँ महानगर क्षेत्रभित्रका सिनेमा हलमा भारतीय फिल्मको प्रदर्शन रोकिएको थियो ।

यता, बालेनले कुनै पनि हालतमा महानगरमा हिन्दी फिल्म चल्न नदिने अडान लिएका छन् । अदालतलेसमेत उनलाई चलचित्र चल्न नरोक्न आदेश दिए पनि उनले कुनै हालतमा हिन्दी फिल्म चल्न नदिने बरु सजाय भोग्न तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले ‘अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु । तर फिल्म चल्न चल्दैन र चल्न दिइने छैन’ भनेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x