काग्रेसमा पुस्तान्तरण र रुपान्तरण
ओम आचार्य
नेपाली काग्रेसको १४ औं महाअधिवेशन देखी काग्रेस भित्रका सस्थापन इतर समुहले पाटीमा पुस्तान्तरण र रुपान्तरण को बहस चलाइ रहेका छन । शेखर कोइराला समुहबाट यो विचारको नेतृत्व गरेका छन । काग्रेसमा अहिले देखिएको विचलन र पाटीमा छविको स्खलन भएकै कारण यो समुहबाट यो विचार प्रकटीकरण भएको हो । पाटीमा नीति , विधि विधानमा नचलेको , समुहगत भन्दा एकल नेतृत्व हावी भएकै कारणबाट पनि सस्थापन इतर समुहले पुस्तान्तरण र रुपान्तरण को कुरा राखेको हो । अहिले आएर प्रदेस स्तरिय पाटी भित्रका साथिहरु पुस्तान्तरण र रुपान्तरण
को चर्चा परिचर्चा गर्ने अभियान चलाउदै छन ।
अहिलेको वर्तमान अवस्थामा नेपाली काग्रेसको इतिहास नै खराब हुने स्थितिको शृर्जना पाटी भित्र कमान्ड र लगाम राख्नेहरुबाट भएको ठहर संस्थापन इतरको भनाइ रहेको छ।
देशको मौजुदा राजनीतिक अवस्था र साथै नेपाली काग्रेसको वर्तमान राजनीतिक अवस्थाले पनि यो पुस्तान्तरण र रुपान्तरणको महत्व र अपरिहार्य देखिएको छ ।
अहिले प्रतिनिधी सभाको वनौट र त्यसपछी सरकार निर्माण गरिने प्रकृया जसरी अगाडी बडेको छ त्यस्ले लोकतन्त्र र शुशानमा प्रतिकुल असर पारेको छ । अहिले सरकार निर्माण र त्यसलाइ जीवित वनाइ राख्न गठवन्धन को सरकार जे पनि गर्न तयार देखिएको छ। यसो गरिरहदा चाहे संविधान संसोधन गर्नु परोस चाहे संविधान विपरित होस चाहे न्याय र कानुन विपरित नै किन नहोस त्यो हद सम्म गठवन्धनको सरकार जान तयार छ र गइ रहेको पनि छ ।यौटा सरकार कानुन वनाउछ अर्को सरकार कानुन हटाउछ!कानुन जनहितकोलागी वन्छ या दल गत राजनीतको हिसाबले
अहिले देशमा यस्तै प्रवृती मौलाउदै गएको छ अझ गठवन्धनको सरकार निर्माणले यस्तो प्रवृती मौलाएको देखिन्छ! । सामाजिक मर्यादा विपरित , गाँउ समाज को अमन चैन , शान्ती भंग गरेको अवस्थामा सामन्य नागरिकमा पनि वर्तमान संविधान को मौलिक हक़ अधिकार आकर्षित भएर कानुनको घेरा भित्र पर्दछ ।तर सरकार र सरकारमा रहेकाहरु माथि संविधानमा भएका धारा उपधार मौलिक हक़ अधिकार को कुनै पनि दण्डित गर्ने प्रणालि आकर्षित भएको देखिन्दैन । यसबाट शुशान भन्ने कुरा हराएको छ ।
अहिले नक्कली भुटानी शरणार्थि वनाएर अमेरिका पठाएको र यस्ले देशको छवि अन्तरराष्ट्रीय क्षेत्रमै धुमिल वनाएको छ .।देशको प्रमुख राजनीतिक दल र सरकारमा समेत उपस्थित भएका यि दलहरु यस्मा संलग्न देखिनु लज्जास्पद र भ्रष्टाचारको चरम अवस्था हो भन्नु पर्छ । यस्ले लोकतन्त्र र शुशासनको लागी राम्रो मानिन्दैन । यस्ता प्रवृतीका व्याक्तिहरु देशका घाउ हुन र समयमा नै यस्तो घाउको उपचार गरिहाल्नु पर्छ अन्यथा यो अरुमा पनि यस्तो प्रवृती संक्रमित हन सक्छ।
सरकारमा नेपालि काग्रेस पनि उपस्थित रहेको अवस्था छ । ने क पा एमाले र माओवादी गठवन्धनको सरकार रहदा पनि त्यो सरकारको नेतृत्व गर्ने प्रचण्डलाइ विस्वासको मत दिएको काग्रेसल् एमाले सरकार बाट बाहिरीदा पनि पुन विस्वासको मत दिदै सरकारमा प्रवेस गरेको हुदा अहिले भइरहेको वेथिती अनियमितता को ज़िम्मेवारी पनि राजनीतिक नैतिकता को हिसावले काग्रेस पनि जवाबदेही हुनुपर्छ ।
नेपाली काग्रेस भनेको वि पी हो भन्ने बुज्नु पर्छ र वि पी विचारलाइ जीवन्त राख्न सके काग्रेस जीवित रहने हो । राजनीतिमा विचार राजनीतिक धारणा र राजनीतिक संस्कारमा जव विचलन आउछ त्यो राजनीतिक दल क्रमश: जनताबाट टाढा हुन्छ र त्यस्तो दलमा जनबलको स्खलन हुदै जान्छ । अहिले काग्रेसमा त्यही अवस्था छ । काग्रेसमा जनबल क्रमश हराउदै छ। सायद डा. शेखर कोइरालाले यही कारण ” पाटी जनताबाट टाढा रहेको ” सन्दर्भ उठाएका हुन।
हो यही जनवल हराएको अवस्थामा कांग्रेसको संस्थापन इतर समुहले उठाएको पुस्तान्तरण र रुपान्तरण
झन आवस्यक देखिएको छ र यो धारणा र विचार पाटी स्थापित गराउनु नै काग्रेसको सुध्दी हो।
पुस्तान्तरण र रुपान्तरण
शेखर कोइराला समुहबाट उठाइरहेको पुस्तान्तरण र रुपान्तरण विसयमा वहस हुनु राजनीतिक चर्चा परिचर्चा हुन जरुरी छ र अहिले प्रदेस स्तरिय बहस पनि सुरु भएको छ । यो निस्चय राम्रो ।पुस्तान्तरण आफैमा राम्रो र उर्जावान सब्द हो । यो पुस्तान्तरण परिवार देखी संघ सस्था र राज परिवार पनि हुदै आएको छ । तर यो आउने क्रम स्वभाविक र प्राकृतिक हिसावले आउने गरेको छ । कहिले कही द्वन्द र संघर्षबाट पनि पुस्तान्तरण भएको छ अहिले काग्रेसले उठाएको पुस्तान्तरण स्वभाविक र प्राकृतिक हुदै होइन । प्रदेस स्तरिय बहस पनि यसैको उदाहरण हो । विशेष गरेर पाटी सभापतिलाइ लक्ष गरेर गरिंएको यो अभियान प्रस्ट रुपमा युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न गरिएको दवाब मुलक कार्यक्रम हो । पाटी सभापतिको राजिनामा सम्म माग्नु यौटा उदाहरण हो । द्वन्द र संघर्षबाट आएको पुस्तान्तरण भन्दा स्वभाविक सहजपुर्ण भएको पुस्तान्तरण स्वच्छ र फराकिलो हु्न्छ अन्यथा सधै यौटा घाउ ,मतान्तर र तनाव पाटीमा रहिरहन्छ ।
अर्को कुरा पुस्तान्तरण को मुध्दा उठाइरहेका युवा पुस्ता शिर्ष नेताहरुकै छायामा वसेर छायामा रहेर पुस्तान्तरणको कुरा गर्दै छन।छायामा रहेर राजनीति गर्नेहरु आफैमा वनसाही वन्दै गइरहेका छन । क्षमता र प्रतिभा को विकास छायामा रहनेको कति सम्म हुन्छ र कति स्वस्थ हुन्छ।र पनि काग्रेस भित्र धेरै यस्ता युवाहरुको उपस्थिती छ जस्ले काग्रेसके छवि उज्यालो र चम्किलो र उर्जावान वनाउन सक्षम छन । काग्रेस त्यस्ता युवालाइ पर्खेर वसेको छ ।
रुपान्तरण
सबै भन्दा जटिल कुरा यही छ । पुस्तान्तरण को मुंध्दा उठाउन जरुरी र आवस्यक भइ सकेको छ त्यो ठिक छ तर रुपान्तरण ?
रुपान्तरण भनेको के हो । यो विसयको व्याख्या र अर्थ सहित आउन संय्थापन इतरलाइ जरुरी छ । यौटा कुरा रुपान्तरण भनेको के रुप परिवर्तन हो ? अहिले काग्रेसको रुप परिवर्तन गर्न खोजिएको हो । काग्रेसको रुप भनेको चारतारा , रुख ,राष्ट्र राष्ट्रीयता ,लोकतन्त्र र समाजवाद नै हो के यही रुप परिवर्तन गर्न खोजिएको हो ? यदी त्यस्तो हो भने त्यो भन्दा आत्माघाती काम अर्को केही हुनै सक्तैन ।
पुस्तान्तरण मा लय मिलाउनलाइ नै रुपान्तरण भनिएको हो ? होइन भने रुपान्तरण काग्रेस पाटीमा सान्दर्भिक छैन । अहिले वामसक्तीहरु रुपान्तरणमा लागेका छन कहीले नेकपा माओवादी , र अहिले भर्खरै समाजवादी मोर्चा भन्दै छन । जनवल नहुदा र जनताले नपत्याउदा पाटीको नाम परिवर्तन गर्ने र नया रुपमा प्रस्तुत हुने त अहिले वामसक्ती अर्थात कम्युनिस्ट गर्दै आएका छन । जनता समक्ष पाटीको नाम र पाटिको चिन्ह लिएर जाँदा गर्व साथ भन्न नसक्नेहरुले नै पाटीमा रुपान्तरण गर्ने हो । काग्रेसमा त्यो अवस्था छैन र यो रुपान्तरण संस्थापन इतरले उठाएको कुरा आफैमा आत्माघाती छ।
यौटा कुरा कहिले कही यौटा शिर्षकमा भएको बजेट अर्को शिर्षकमा रकमान्तर गर्ने गरिएको छ। कहिले कही आफु जन्मेको स्थानबाट अर्को स्थान स्थानन्तरण गर्ने गरिएको छ । र कहिले कही अझ भने हिन्दुराष्ट्र हटाए पछी देशमा धर्मान्तरणको कुरा आइ रहेको छ । काग्रेस संस्थापन इतरको रुपान्तरणको कुरा पनि यस्तै प्रवृती को संकेत हो सव्दले त्यही अर्थ वोक्छ।
हैन र ?
काग्रेसमा सुध्दिकरण हुन जरुरी छ । विधी विधानले चल्न जरुरी छ ।चार ताराको अर्थ , राष्ट्र राष्ट्रीयता समाजवाद र लोकतन्त्र यही नै अभिष्ट लक्ष्य ठान्नु पर्छ । यस्को प्राप्ति त रुपान्तरण हैन पुस्तान्तरण भएमा आफै हुन थाल्छ ।


