१४ मंसिर २०८३, आईतवार

मोदीले दिए अमेरिकी फर्स्ट लेडीलाई हीरा उपहार

एसीपी संवाददाता

८ असार २०८०, शुक्रबार २२:३७ मा प्रकाशित

एजेन्सी, । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी फर्स्ट लेडी जिल बाइडेनलाई प्रयोगशालामा बनाएको हीरा उपहार दिएका छन् ।

अमेरिकाको तीनदिने राजकीय भ्रमणमा रहेका मोदीले वातावरण मैत्री ७.५ क्यारेटको हीरा उपहार दिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेनले मोदीको सम्मानमा ह्वाइट हाउसमा पार्टीकाे आयोजना गरेका थिए । त्यै पार्टीमा उनीहरु तीन बीच विभिन्न विषयमा कुराकानी भयो र उपहार आदानप्रदान पनि ।

मोदीले प्रदान गरेको हीरा वातवरण मैत्री हीरा हो । किनकि यो बनाउन सौर्य उर्जा र वायु उर्जाको मात्र प्रयोग गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x