आफ्ना साझा प्रतिबद्धता सहीत युवा संयोजकमा तेज पौडेलको उम्मेदवारी
अमेरीका गैरआवासीय नेपाली संघ(एनआरएनए) को आगामी निर्वाचनमा युवा एनआरएनए अभियान्ता तेज पाैडेलले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् !
उनले युवाको सहभागिता प्रभावकारी ढंगले हुनुपर्ने भन्दै एनआरएनए अमेरिकाको आगामी कार्यकाल (2023-2025) का युवा संयोजकमा उम्मेदवारी दिएका छन् ।
नेपालको स्याङ्जा आरूचौरमा जन्मिएका पौडेल लामो समयदेखि अमेरिकाको टेक्सासमा बस्दै ईन्फरमेसन सेक्युरिटी मेनेजरमा आबद्ध छन् । अमेरिकामा रहँदै गर्दा मातृभूमि नेपाल र नेपालीका लागि काम गर्ने विभिन्न संस्थामा आबद्ध भई सहयोग गर्दै आईरहेका छन् ।
पौडेल एनआरएनए अमेरिकाको युथ टाक्स फोर्सको(2019-2021) को सदस्य सचिव भई समेत काम गरेको अनुभव छ, उनले जनसम्पर्क समिती नर्दन क्यालिफोर्निया च्याप्टर (१०१५) सहसचिव,अन्तराष्ट्रिय नेपाली साहित्य समाज, क्यालिफोर्निया(२०२१) सचिब, युथ कंग्रेस अमेरिका(२०२१) सचिब तथा नेजा (२०२०) सदस्य समेत भएर आफ्नो भूमिका सफलतापूर्वक निभाएका छन् ।
उनी भन्छन् “अरुले गरेनन् भन्दै दोष दिनु भन्दा आफैँ लागिपर्ने निर्णय गरियो” । भन्दै सामाजिक सञ्जाल मार्फत उनले अमेरिकामा गैरआवासीय नेपाली संघमा आबद्ध नेपालीहरुमा अपिल गरेका छन् ।
उनले आफ्नै एजेण्डाहरु तयार पारी चुनावमा होमिएका छन्
के के छन् त युवा उम्मेद्वार तेज पौडेलका एजेण्डाहरु :
– NRNAमा विद्यार्थी र युवाहरूलाई सहभागीता
– नेपाली राष्ट्रिय खेलकुद समूहहरूसंग सहयोग गर्दै पारस्परिक रूपमा लाभदायक सम्बन्ध स्थापना गर्ने।
– करियर मार्गदर्शन कार्यशालाहरू आयोजना गर्ने।
– नेतृत्व विकास कार्यक्रमहरू सञ्चालन गर्ने।
– अमेरिकामा नयाँ आगन्तुक युवाहरूलाई सहयोग प्रदान गर्ने।
– नेपाल सरकार र नेपाल दूतावाससंग सहयोग गर्दै विभिन्न क्रियाकलापहरूमा युवा सहभागिताको सुविधा गर्ने।
– विश्वविद्यालयहरू, व्यापार तथा समाजमा अत्यन्त प्रभावशाली मानिसहरूसँग युवाको पहुँच बढाउने।


