१४ मंसिर २०८३, आईतवार
साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरियो,भारतसँग २-० ले पराजित
नेपालगन्ज । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै नेपाल बाहिरिएको छ ।
आज राति भएको दोस्रो खेलमा आयोजक भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
भारतसँग २–० ले पराजित भएसँगै नेपाल अन्तिम खेलमा पाकिस्तानसँग खेल्नुअघि नै बाहिरिएको हो । नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ ले पराजित भएको थियो ।
समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन भारत र आमन्त्रित कुवेत समान ६ अंक बटुल्दै सेमिफाइनलमा पुगेका छन् ।
अंकविहीन नेपाल र पाकिस्तान बाहिरिएका छन्। अन्तिम खेलमा नेपाल र पाकिस्तान खेल्नेछन् ।
Subscribe
Login
0 Comments


