१४ मंसिर २०८३, आईतवार

आरजु राणाविरुद्ध लेखिएको समाचार झुटो, गृह मन्त्रालयले पठायो खण्डन

एसीपी संवाददाता

१२ असार २०८०, मंगलवार १०:०३ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाविरुद्ध लेखिएको समाचार झुटो ठहर भएको छ । झुटो समाचार छाप्ने पत्रिकालाई गृह मन्त्रालयले खण्डन पत्र पठाउँदै मित्थ्या सूचना छापेर अनुसन्धान प्रभावित नपार्न र जनमानसलाई मिसगाइड नगर्न चेतावनी दिएको छ ।

आर्थिक दैनिक नामक पत्रिकाले स्रोतलाई हवाला दिएर प्रथम पृष्ठमा ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन’ शीर्षक समाचार प्रकाशन गरेको थियो । यो समाचार यसअघि आईजीपीविरुद्ध समाचार लेखाएर आफू आईजीपी बन्ने प्रयास गरेका प्रहरी अधिकारीले लेखाएको बुझिएको छ । अहिले गृहमन्त्री नारायणकाजीकै निर्देशन भनेर समाचार आएपछि गृहले विज्ञप्ति जारी गरेरै खण्डन गर्दै प्रपोगाण्डा नफैलाउन पत्रिकालाई सचेत गराएको छ ।

हुँदै नभएको समाचार लेखाएर आरजुलाई निशाना साँध्ने अधिकारीमाथि अनुसन्धान गरेर कारवाही गर्ने प्रक्रिया पनि गृहले अगाडि बढाएको छ । यस्तो छ गृहका प्रवक्ता केदारनाथ शर्माले झुटो समाचार छाप्ने आर्थिक दैनिकलाई पठाएको खण्डन आर्थिक राष्ट्रिय दैनिकको मिति २०८० असार ११ गते प्रकाशित समाचारप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूले कार्यभार सम्हालेसँगै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै सबै मुद्दामा स्वच्छ, निष्पक्ष र दबाबरहित ढङ्गले अनुसन्धान तथा कारबाही अगाडि बढाउन नेपाल प्रहरीलगायतका सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । सोही क्रममा नेपाल प्रहरीबाट नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढी सम्मानित अदालतमा अभियोजन माग दावी लिई मुद्दाको पुर्पक्ष भइरहेको छ ।

अनुसन्धान अभियोजन र अदालती प्रक्रियामा रहेको अवस्थामा मुद्दाबारेमा खुल्ने थप तथ्यका आधारमा थप अनुसन्धान हुने विषय यसमा जिम्मेवार प्रहरी निकायले स्वतन्त्रतापूर्वक सम्पादन गर्ने जिम्मेवारीको विषय हो । भ्रष्टाचार र अपराध नियन्त्रणलगायतका अनुसन्धान प्रक्रियालाई दबावरहित बनाई प्रहरी निकायलाई गरेको छ । स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न मन्त्रालयको नेतृत्व तहवाट निरन्तर सहजीकरण र निर्देशन तथापि त्यस्तो निर्देशन दिने क्रममा माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्रीज्यूबाट कुनै व्यक्तिलक्षित गरी केही गर्न वा नगर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक, कपोलकल्पित र झुठा भएको व्यहोरा अवगत गराउँछु ।

सत्यमा आधारित नभईकन प्रकाशित यस्ता खालका समाचारले मन्त्रालयले हाल सञ्चालन गरिरहेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिगभ्रमित पार्न उद्यत समूहलाई मात्र फाइदा पुग्ने विषय तर्फ जिम्मेवार प्रकाशन संस्था सतर्क रहनु वान्छनीय छ । न्याय निरुपणको क्रममा रहेको विषयका बारेमा कुनै पनि समाचार प्रकाशन गर्दा सम्बन्धित पक्ष वा पदाधिकारीबाट पुष्ट्याई हुने प्रबन्ध मिलाउने तर्फ संवेदनशील हुन आग्रह गर्दछु । यसर्थ, मन्त्रालय उक्त झूठो, निराधार र भ्रमपूर्ण समाचारको खण्डन गर्दछ । मन्त्रालयको कुशासन र भ्रष्टाचारविरोधी अभियानमासाथ दिन र घटनाको निष्पक्ष छानविन गरी उचित निष्कर्षमा पु-याउन सबैले सहयोग पुयाउन समेत अनुरोध गर्दछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x