१४ मंसिर २०८३, आईतवार

कोहलपुरबाट बाघको छाला र हड्डीसहित ३ जना पक्राउ

एसीपी संवाददाता

१६ असार २०८०, शनिबार ०८:२५ मा प्रकाशित

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट बाघको छाला र हड्डीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, दैलेखको ठाटीकानडा गाउँपालिका वडा नम्बर ४ घर भएका सुनील चुनारा, सोही जिल्ला भगवती गाउँपालिका वडा नम्बर ५ का नबीन कुमार कसेर, अछामको पन्चदेवल गाउँपालिका वडा नम्बर २ का टोपेन्द्र शाही रहेका छन् ।

नेपाल प्रहरीको लुम्बिनी प्रदेशको विशेष टोलीले बाघको छाला र हड्डीको कारोबार हुदैछ भन्ने सुचनाको आधारमा कोहलपुर नगरपालिका ११ स्थित पुर्ब पश्चिम राजमार्गमा जाँच गर्ने क्रममा उक्त बाघको छाला र हड्डी फेला पारी उनीहरूलाई नियन्त्रण लिइएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x