१४ मंसिर २०८३, आईतवार

नेतृत्वकाे मात्रै विराेध गरेर हिँड्दा पार्टी कमजाेर हुन्छ: राठौर

एसीपी संवाददाता

१६ असार २०८०, शनिबार ०८:३१ मा प्रकाशित

काठमाडौं ।  पार्टी सभापतिको विरोध गर्दैमा रुपान्तरण नहुने नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले बताएका छन् ।

नेपाल विद्यार्थी संघ दोलखाले आयोजना गरेको वर्तमान राजनीतिक अवस्था, युवा विद्यार्थीको भूमिका विषयक विचार गोष्ठी तथा धान दिवसको अवसरमा दही चिउरा खाने कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका  राठौरले पार्टीका महामन्त्रीद्वयले सभापतिको विरोध गरेर रुपान्तरणको नारा लगाइरहेको बताए ।

महामन्त्रीद्वयले बाहिर पार्टी नेतृत्वको बिरोध गरेपनि केन्द्रीय समिति बैठकमा कुरा राख्न नसकेको उनले बताए । उनले भने- “दुई जना महामन्त्रीहरुले सभापतिलाई कन्फिडेन्समा लिएर काम गर्नुपर्ने ठाउँमा चोक चोकमा बसेर विरोध गर्दै हिंड्ने काम मात्र भएको छ ।”

नेतृत्वको आलोचना गर्नेले पार्टी बनाउन सक्नुपर्ने नेता राठौरको भनाई छ । पछिल्लो समयमा नयाँ पार्टीले जनतालाई आकर्षित गरिरहेकाले नेपाली काँग्रेसले युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने उनले सुझाव दिए ।

यस्तै सहमहामन्त्री राठौरले पार्टीभित्र कुनै किसिमको विवाद नभएको बताए । राठौरले पार्टीभित्र वैचारिक झगडा भन्दा पनि आफू कसरी नेतृत्वमा पुग्ने कुरामा ध्यान गएको बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x