१४ मंसिर २०८३, आईतवार
डुरान्ड कपमा नेपाली टिम
काठमाडौँ — भारतकै सबैभन्दा प्रतिष्ठित र एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिताको यसपल्टको संस्करणमा नेपाली टिमको पनि सहभागिता रहने भएको छ ।
विश्व फुटबलकै तेस्रो पुरानो प्रतियोगितामा २७ वर्षपछि विदेशी टिमलाई सहभागी गराउन लागेको भारतीय मिडियाले जनाएको छ ।
यसपल्टको प्रतियोगिता १ सय ३२ औं संस्करण हुनेछ र यो अगस्ट ३ देखि सेप्टेम्बर ३ सम्म भारतको कोलकातामा आयोजना हुनेछ । नेपालको तर्फबाट सहभागी हुने टिमबारे प्रस्ट बताइएको छैन्, तर यो नेपाली सेनाको टिम हुनेछ । नेपालसँगै भुटान र बंगलादेशको सेना टिमले पनि सहभागिता जनाउने छन् ।
डुरान कपको पहिलो संस्करण सन् १८८८ मा आयोजना भएको थियो । सन् २०२२ को पछिल्लो संस्करणको उपाधि बेंगलुरु एफसीले जितेको थियो । फाइनलमा उसले मुम्बई एफसीलाई पराजित गरेको थियो ।
Subscribe
Login
0 Comments


