१४ मंसिर २०८३, आईतवार

राजाको छोरा’को बिहेमा लोमन्थाङ गाउँपालिकामा भाेलि सार्वजनिक बिदा

एसीपी संवाददाता

१८ असार २०८०, सोमबार ०६:१९ मा प्रकाशित

कामठाडौं । मुस्ताङमा ‘राजाको छोरा’को विहेमा लोमन्थाङ गाउँपालिकाले असार १८ गतेका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भोलि सोमबार मुस्ताङगी राजा झिग्मी सिंघी पलवर विष्टका जेठा छोरा ‘रजकुमार’ झिग्मी भिण्डप फुनछोक वलपर विष्टको विवाह हुँदैछ ।

सोही विवाहका लागि गाउँपालिकाले पालिकाभर सार्वजनिक बिदा दिएको हो । मुलुकबाट राजतन्त्रको बिदाई भएको डेढ दशब बढी भइसक्दा पनि मुस्ताङमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक रुपमा अहिले पनि ‘राजा’ मान्ने प्रचलन कायमै छ । राजाको हुकुममा यहाँ नागरिकले आफ्नो धर्मकर्म, रीतिरिवाज तथा स्थानीय नियम मान्दै आएका छन् ।

‘मुस्ताङ्गी ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रम साथ मनाउन लागिएकोले सोमबार सार्वजनिक बिदा दिइएको छ,’ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरूङले जारी गरेको सूचनामा भनिएको छ ।

बिदाका दिन सोमबार गाउँपालिकाको कार्यालय, गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय तथा शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिइएको सूचनामा जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x