१४ आश्विन २०८३, बुधबार

नाका मै ट्राफिक बिट

एसीपी संवाददाता

१८ असार २०८०, सोमबार ०७:५७ मा प्रकाशित

कपिलवस्तु  । जिल्लाभरि ट्राफिक चेक बिट हटाएपनि कृष्णनगरकाे भन्नसार नाकामा रहेकाे बिट हटेकाे छैन ।

कृष्णनगर भन्सार नाकाबाट निस्कने बित्तिकै मालवाहक भारतीय गाडीलाई ट्राफिक नियम उलंघन , ओभर लाेड लगायतका शीर्षकमा राजस्वका नाममा रकम असुली हुदै आएकाे स्राेतले बताएको छ ।
जिल्ला ट्राफिक कार्यालयका कार्यालय प्रमुख प्रहरी निरिक्षक याेगेन्द्र तिमिल्सिनाले नाका मै ट्राफिक बिट राजस्व उठाउनका लागि राखिएकाे बताउनुभयाे । महेन्द्र राजमार्गमा पर्ने ट्राफिक बिटहरु हटाइएकाे छ तर कृष्णनगर नाकाकाे बिट हटाउन नसकिने प्रनि तिमिल्सिनाले बताए । जबकि जिल्लाकाे दाेस्राे नाका साैठाैलीमा ट्राफिक बिट राखि राजस्व असुली गरिएकाे छैन ।
कृष्णनगर नाका हुदै दिनहुं सैयाैं मालवाहक तथा फ्याक्ट्रीका गाडी भित्रिने गरेका छन । ओभरलाेड अथवा कुनै पनि बहानामा मालवाहक गाडीकाे प्रज्ञापन राेक्न नसकिने भन्सार प्रमुख गगन बिकले बताउनुभयाे । तर नाका कट्ने बित्तिकै कृष्णनगर ट्राफिक प्रहरीकाे एउटा टाेली चेकबिटमा चेकिङ्ग गरि राजस्व काट्छन र त्यसपछि इलाका प्रहरी कार्यालय कृष्णनगरकाे टाेलीसंग चन्द्राैटा- कृष्णनगर सडकखण्डकाे सुरई अथवा घाेराही खाेला पुल नजिक चेकिङ्ग लगाई राजस्वका नाममा रकम असुली गर्ने गरेकाे भारतीय गाडी चालक सुखविन्दर सिंहले बताएका छन ।
पुर्वगृहमन्त्री राम बहादुर थापा’बादल’ले मन्त्रालयबाट परिपत्र नै जारी गरेर उद्योग क्षेत्रसम्म पुग्ने मालवाहक गाडीकाे चेकजाँच गरि अनावश्यक जरिवाना नकाट्न आदेश दिएका थिए साथै परिपत्रमा ओभरलाेडका सम्बन्धमा कार्यवाही यातायात विभागले गर्ने हाे ट्राफिकले गर्न नहुने उल्लेख गरिएकाे थियाे । तर कृष्णनगर ट्राफिकले भन्सारबाट निस्किने प्रत्येक मालवाहक गाडीलाई लामबद्ध गराई राजस्व असुली गर्दै आएकाे छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x