१४ मंसिर २०८३, आईतवार

संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुकै कारण सम्भव भयो : शशांक कोइराला

एसीपी संवाददाता

१९ असार २०८०, मंगलवार ०८:१४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले गिरिजाप्रसाद कोइरालामा अदम्य साहस र निर्णय क्षमता रहेको बताएका छन् ।
गिरिजाको १०० औं जन्मजयन्तीको अवसरमा बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले काठमाडौंमा आज गरेको कार्यक्रममा बोल्दै शशांकले यस्तो बताएका हुन् ।
शशांकले भने, ‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन। उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो। दोस्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको हो। ’
नेता शशांकले गिरिजाबाबुको जस्तो निर्णय क्षमता बिरलै नेतामा भेटिने बताए। गिरिजाकै कारण दोस्रो जनआन्दोलन सफल भएको उनले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x