१४ मंसिर २०८३, आईतवार
एमालेको अवराेधका कारण मधेस प्रदेश सभाको बैठक स्थगित
नेकपा (एमाले) को अवराेधका कारण मधेस प्रदेश सभाको बैठक स्थगित भएको छ । सरकारले रकमान्तरको नाममा अनियमितता गरेको भन्दै एमालेले प्रदेश सभा बैठकमा अवराेध गरेको हो ।
मधेसका अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक वर्षको अन्त्यमा रकमान्तरका नाममा अनियमितता गरेको एमालेको आरोप छ । बैठकमा एमालेका मुख्य सचेतक लखन दासले मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयले २० करोड तथा पर्यटन मन्त्रालयले आठ करोड रकमान्तर गरेको, बिचौलियाको मिलोमतोमा ५ देखि १० प्रतिशत कमिसन लिएर रेड बुकमा योजना समावेश गरिएको आरोप लगाउँदै बैठक चल्न नदिने बताए ।
एमाले सांसदले विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाको बैठक स्थगित गरेका हुन ।
Subscribe
Login
0 Comments


