१४ मंसिर २०८३, आईतवार

आफूलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको भन्दै आँचल शर्माले दिइन् साइबर ब्यूरोमा उजुरी

एसीपी संवाददाता

२४ असार २०८०, आईतवार ०६:५२ मा प्रकाशित

काठमाडौँ  । अभिनेत्री आचल शर्माले आफूमाथि भन्दै नभनेको विषयलाई लिएर सामाजिक सञ्जालमा गालीगलोज भएको भन्दै त्यसरी गालीगलोज गर्नेमाथि कानुनी कारबाहीका लागि  गएकाे बताएकी छन् । उनले साइबर ब्यूराेमा उजुरी दिएकी छन् ।

उनले गर्दै नगरेको र भन्दै नभनेको कुरालाई लिएर विगत दुई तीन दिनदेखि सामाजिक सञ्जालमा गाली खाइरहेको बताएकी छन् ।

उनले अब सहन नसक्ने भएको भन्दै कानुनी कारबाहीको बाटोमा जान बाध्य भएको बताएकी छन् । उनले आफूलाई यातना दिएर सामाजिक सञ्जालमा मेन्टल हेल्थको भाषण दिन बन्द गुर्नहोस् भन्दै आक्रोश पोखेकी छन् ।
एक फेशन शोमा उनले प्रतियोगीमाथि नराम्रो कमेन्ट गरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x