१४ मंसिर २०८३, आईतवार

संसद्को अवरोध हटाउन ओली र देउवासँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

एसीपी संवाददाता

२४ असार २०८०, आईतवार १२:३४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल थालेका छन् ।
संसद्को अवरोध खुलाउन प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष ओलीसँग वार्ता सुरु गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा हुन लागेको छलफलमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति देउवालाई पनि बोलाइएको छ ।
प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।
प्रधानमन्त्री प्रचण्डले असार १८ गते दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको छ । रास्वपा, राप्रपालगायतले भने प्रधानमन्त्रीको जवाफ मागिरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x