१४ मंसिर २०८३, आईतवार
१५ किलो चरेशसहित मोटरसाइकल सवार दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा
पर्सा । सशस्त्र प्रहरीको टोलीले वीरगञ्जबाट ठुलो परिमाणमा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म वीरगञ्जले भन्सारबाट भारततर्फ जाँदै गरेको बीआर २२ एम ४२०६ नम्बरको मोटरसाइकलमा सवार दुई जना सहित १५ किलो चरेश र मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार पर्साको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझीले मोटरसाइकलको ट्याङकीमा लुकाइछिपाइ चरेश भारततर्फ लैजाने क्रममा चेकजाँच गर्दा १५ किलो चरेश फेला परेको हो ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका सत्यनारायण र प्रलादसँगै बरामद गरेको १५ किलो चरेश र मोटरसाइलकलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय ईनर्वा पठाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
Subscribe
Login
0 Comments


