१४ मंसिर २०८३, आईतवार
अमेरिकी सहायक विदेशमन्त्री र कांग्रेस सभापति देउवाबीच भेटघाट
काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
सहायक विदेशमन्त्री लु आज अपराह्न देउवालाई भेट्न देउवा निवास धुम्बाराही पुगेका थिए । सभापति देउवाले लुसँगको भेटघाट फलदायी भएको बताएका छन् ।
भेटवार्ताका क्रममा लु र देउवाले नेपाल र अमेरिकाको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए ।
सहायक विदेशमन्त्री लु आज बिहान काठमाडौं आइपुगेका हुन् ।
Subscribe
Login
0 Comments


