१४ मंसिर २०८३, आईतवार

पूर्वमन्त्री विजय यादव नेपालगन्जबाट पक्राउ

एसीपी संवाददाता

२ श्रावण २०८०, मंगलवार ०७:३६ मा प्रकाशित

नेपालगन्ज । पूर्वमन्त्री विजयबहादुर यादव बाँकेबाट पक्राउ परेका छन् । नेकपा एमालेका नेता समेत रहेका लुम्बिनी प्रदेशका पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्री यादवलाई बाँके प्रहरीले बैंकिङ कसुरमा पक्राउ गरेको हो ।

रुपन्देही प्रहरी कार्यालयमा यादवविरुद्द १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको जारी भएको चेकबाट जाहेरी पर्दा रुपन्देही प्रहरीको आग्रहमा बाँके प्रहरीले आइतबार साँझ यादवलाई पक्राउ गरेको हो ।

बाँके प्रहरीले यादवलाई आज बुटवल पठाएको जनाएको छ ।

पूर्वमन्त्री यादवले रुपन्देहीस्थित सियारी गाउँपालिका-१ का उमाशंकर यादवलाई गत माघ १० गते  १२ लाख २८ हजार रुपैयाँको चेक दिएर नसाटिएपछि उमाशंकरले प्रहरीमा यादवविरुद्ध जाहेरि दिएका थिए ।

यादव  २०७४ मा  जनता समाजवादी पार्टीबाट बाँके २ (१) बाट निर्वाचित भएका थिए । पार्टी निर्देशनविरुद्ध मन्त्री बनेका यादवलाई जसपाले निस्कासन गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x