१४ मंसिर २०८३, आईतवार
उदयशम्शेर राणाको चेतावनी : नेतृत्वलाई गालीगलौजले निराशा बढायो, समयमै सच्चिनुपर्छ
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले नेतृत्वलाई गालीमै सीमित हुँदा युवाहरुमा निराशा बढाएको बताएका छन् । युवाहरूलाई पार्टीमा आकर्षण गर्ने कार्ययोजना नभएकाले युवा पलायन भएको उनको भनाइ थियो ।
देशभर कांग्रेस पहिलो दल भए पनि युवाहरूको आकर्षण नभएको उनले बताए । ‘ठूलो पार्टी भए पनि एकप्रकारको निराशा छ । १८ देखि ३५ वर्षका साथीहरू हाम्रो पार्टीभन्दा पनि अरू पार्टीमा जान खोजेका छन्, । हाम्रो केन्द्रमा आफूले अरूलाई हिलो छ्याप्ने काममा निराशा बढाएको छ । हाम्रो पार्टीभित्र र बाहिर प्रतिस्पर्धा हुन्छ, तर यसलाई फ्रेन्डली लिनुपर्छ । तर, कतिपय ठाउँमा आन्तरिक विवादमा केन्द्रित छ । घरभित्र केही समस्या देखा परेको छ,‘ उनले भने ।
पार्टी रूपान्तरणको नाममा देशभर घुमेका नेताहरूले आन्तरिक गालिगलोजमा उत्रिनु दुखद भएको उनको गुनासो थियो ।
Subscribe
Login
0 Comments


