हुम्लास्थित नेपाल-चीन सीमामा देखिएको विवाद बल्झिँदै,नेकपा र कांग्रेसको छुट्टाछुट्टै टोली प्रस्थान

- नेकपा र कांग्रेसको छुट्टाछुट्टै टोलीचिनियाँ दूतावास, परराष्ट्र मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले भवन निर्माण गरेको भूमि चीनकै भनिरहेका बेला जिल्लाका जनप्रतिनिधि आ-आफ्नो दलको प्रतिनिधित्व गर्दै सीमा निरीक्षणका लागि लाप्चा प्रस्थान
पछिल्लो समय हुम्लास्थित नेपाल-चीन सीमामा देखिएको विवाद बल्झिँदै गएको छ। यहाँको सीमा विवादमा देशभित्रै एकमत छैन। जसरी भारतले सीमा मिच्दा एकमत देखिने गर्छ, त्यो अहिले छैन। संघीय सरकार र चीनको एकै स्वर छ, उक्त भूमि चीनकै हो। तर, हुम्लाका जनप्रतिनिधि भने आफ्ना जनताले वर्षौदेखि भोग गर्दै आएको भूमिलाई चीनकै हो भन्ने मान्न तयार छैनन्।
रसुवागढीमा पहिरोले फेरी बाटो अवरुद्ध तातोपानी नाका बन्द पुस–माघमा किनेको सामान केरुङमै,थन्किए
अध्ययन नै नगरी भूमि चीनकै हो भन्ने गलत-निधि
चिनियाँ दूतावास अगाडि प्रर्दशन,नेविसंघ का ६ जना पक्राउ
नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीको लाप्चा क्षेत्रस्थित लोलुङजङमा चिनियाँ पक्षले एकतर्फी रुपमा ९ वटा भवन बनाएपछि विवाद उत्पन्न भएको हो। विवाद देखिएपछि प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी अधिकारीको नेतृत्वमा जिल्लाको सुरक्षा टोली सीमा निरीक्षणमा गयो। हराएको भनिएको ११ नम्बर पिल्लर टाकुलेमा फेला पर्यो। ११ र १२ नम्बरको बीचको भूमिमा बनाइएको भवन पनि हेरेर आयो। टोलीले पनि केन्द्र सरकारजस्तै भूमि चीनकै भएको निष्कर्ष निकाल्यो। प्रतिवेदन गृह हुँदै परराष्ट्र मन्त्रालयमा पठाएको छ। तर, हुम्लाको सर्वदलीय बैठकले केन्द्रबाटै नापी टोली माग गर्दै जिल्ला तहको प्रतिवेदनमा नमान्ने सन्देश दियो।

बर्दियाको गुलरियामा: ब्याक अफ चाईना भन्दै प्रदर्शन
केन्द्रले जिल्लाको प्रतिवेदनका आधारमा अघि बढ्ने तयारी गरिरहेका बेला त्यहाँका जनप्रतिनिधिले उक्त प्रतिवेदन नमान्ने स्पष्ट सन्देश दिएर आफै सीमा निरीक्षणमा निस्किएका छन्। लिमीवासीले वर्षौदेखि उपभोग गरेको र विगतमा चिनियाँले नै उक्त भूमि नेपालको मानेको, लिमी-लाप्चा सडक बनाउन दिएको तथ्यहरु रहेका बेला संघीय सरकारले चीनकै भूमि बनेपछि जनप्रतिनिधिहरु वास्तविकता बुझ्न सीमातिर लागेका हुन्।
नेकपा र कांग्रेसको छुट्टाछुट्टै टोलीचिनियाँ दूतावास, परराष्ट्र मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले भवन निर्माण गरेको भूमि चीनकै भनिरहेका बेला जिल्लाका जनप्रतिनिधि आ-आफ्नो दलको प्रतिनिधित्व गर्दै सीमा निरीक्षणका लागि लाप्चा प्रस्थान गरेका छन्। सत्तारुढ नेकपाका सांसद छक्क बहादुर लामा मंगलवार नै लाप्चा पुगेका छन्। उनको टोलीमा नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामा, वडा नम्बर ६ का अध्यक्षसहित अन्य गएका हुन्। टोली १२ नम्बरमा पुगेको तस्विर मंगलवार गाउँपालिका अध्यक्ष लामाले सार्वजनिक गरिसकेका छन्।
सीमा निरीक्षणमा जानुअघि सांसद लामाले सर्वदलीय बैठकले केन्द्रीय नापी तथा विशेषज्ञको टोली माग गरिएको बताएका थिए। उनले भोगचलनका आधारमा उक्त भूमि नेपालकै भएको तर जिल्लाको स्थलगत प्रतिवेदनमा नक्सा चीनतिरै पर्ने देखिएको बताएका थिए। यस्तो अन्योलका बीच उनी आफै निरीक्षणमा निस्किएका हुन्।
त्यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको टोली पनि लाप्चातर्फ प्रस्थान गरेको छ। कर्णाली प्रदेशका प्रतिपक्षी नेता एवं हुम्लाबाट निर्वाचित प्रदेश सांसद जीवनबहादुर शाहीको नेतृत्वमा कार्यकर्तासहित बुधवार बिहानै टोली स्थलगत अध्ययनका लागि लाप्चातर्फ प्रस्थान गरेको हुम्लाबाट प्रतिनिधित्व गर्ने कांग्रेसकी संघीय सांसद रंगमती शाहीले जानकारी दिइन्। कांग्रेसको टोलीमा सञ्चारकर्मी पनि छन्।

सगरमाथामा नै चीनले आफ्नो भएको दाबी गरेपश्चात् सुरु भएका वार्ता
‘नक्सा बोकेर जानुभा’छ। स्थानीयसँग भेटघाट पनि गर्ने हो। वस्तुस्थिति बुझेर आउनुहुन्छ। अध्ययनकै लागि जानुभएको हो,’ सांसद शाहीले भनिन्, ‘उहाँले ल्याएको प्रतिवेदनका आधारमा हामी अघि बढ्छौं।’ सरकारले भूमि चीनलाई दिइसकेको भन्दै उनले सरकारमाथि विश्वास नै नहुँदा आफूहरु आफै हेर्न जान बाध्य भएको बताइन्। ‘हामीले त केन्द्रबाट विज्ञ टोली पठाइदिनु भनेको हो। सरकारले गरेन। अर्कोतिर भूमि हाम्रो हुँदै होइन भन्छ। सरकारले सिंहदरबारबाट हेर्यो। हामीलाई सरकारको विश्वास भएन,’ उनले भनिन् । श्रोत – पहेलोपोस्ट




[…] हुम्लास्थित नेपाल-चीन सीमामा देखिएको… […]