हालै केन्द्रीय समिति बैठकमा देउवाले पार्टीलाई सशक्त बनाउन सातवटा सुझाव दिएकी छन् । सुशासनमा जोड, पार्टीको घोषणापत्रलाई सरकारको कामकारवाहीसँग जोड्ने, संगठन विस्तारमा प्रशिक्षणलाई प्राथमिकता, सार्वजनिक रुपमा पार्टी र नेताका बारेमा आलोचना नगर्ने, नेपालमै युवाहरु बस्ने वातावरण निर्माणका लागि रणनीति बनाउने, स्पष्ट परराष्ट्र नीतिका बारेमा र समानुपातिक समावेशी प्रतिनिधित्वका बारेमा सुझाव दिएकी थिइन् ।
केन्द्रीय समितिमार्फत पार्टीलाई स्पष्ट नीतिमा अगाडि बढाएर जुधारु बनाउनुपर्ने धारणा राखेकी नेतृ राणाले लगत्तै मधेश प्रदेशको यात्रा सुरु गर्न लागेकी छन् । यसअघि बागमतीलगायत प्रदेशमा पुगेर कार्यकर्तासँग भेट गरेकी आरजु यसपटक मधेश जान लागेकी हुन् । आरजुले आइतबारदेखि मधेशको यात्रा सुरु गर्न लागेकी छन् । जनकपुरदेखि सर्लाहीसम्म वडा तहका कार्यकर्ता भेट्ने आरजुको योजना छ ।
आरजुको प्रमुख आतिथ्यमा मंगलबार सर्लाहीको क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलन धनकौलमा हुँदैछ । उक्त कार्यक्रममा हजारौंको संख्यामा जनता उपस्थित हुने क्षेत्रीय समितिले जनाएको छ । आरजुलाई सर्लाहीमा भव्य स्वागत गरिने र कार्यक्रममा क्षेत्रीय समितिले १५ हजार मान्छे उतार्ने तयारी गरेको जिल्ला कार्यसमिति सदस्य विकाशकुमार ठाकुरले जानकारी दिए । त्यस्तै मधेशका अन्य जिल्लामा पनि आरजुको कार्यक्रम तय भएको छ ।
नेतृ राणाले सगठन विस्तार र पार्टीमा जागरण ल्याउन सबै प्रदेशमा पुग्नेगरी अभियान थालेकी हुन् । अहिले महामन्त्रीहरु सभापतिको आलोचना गरी केन्द्रमा मै सीमित हुँदा पार्टीमा निराशा बढिरहरहेको छ । यस्तोमा निराशा हटाएर कार्यकर्तामा उर्जा पैदा गर्ने र संगठन चलायमान बनाउनेगरी आफू अगाडि बढेको आरजुले बताउने गरेकी छन् ।
केन्द्रीय समिति बैठकमा पनि आरजुले सरकार सञ्चालनदेखि विदेशीएका युवालाई स्वदेशमै रोजगारी दिनुपर्ने विषयमा पार्टीले रणनीति बताउनुपर्ने जोड दिएकी थिइन् । कांग्रेस मुलुकको एजेण्डा सेट गर्ने पार्टी भएकाले जनताका समस्या बुझेर कांग्रेस रणनीतिक रुपमा अगाडि बढ्नुपर्ने सुझाव राखेकी थिइन् ।
महामन्त्री गगनकुमार थापाले मुलुकलाई दूरगाामी प्रभाव पार्ने एजेण्डा नराखेर प्रतिवेदन पेश गरेको भन्दै सच्याउन जोड दिएकी थिइन् । ‘कांग्रेस भनेको यो देशमा एजेन्डा सेट गर्ने पार्टी हो । नेपालको अर्थतन्त्र कस्तो हुने, समाजलाई कता लैजाने, राजनीतिलाई कुन दिशातिर लैजाने भन्ने एजेन्डा सेटिङ गर्ने पार्टी हो । तर यसपटकको महामन्त्रीहरूको प्रतिवेदनमा देशलाई दरगामी असर राख्ने त्यस्तो एजेन्डा देखिएन,’ उनले भनिन्, ‘महामन्त्रीहरूको प्रतिवेदनचाहिँ एउटा राजनीतिक दस्तावेज हुन्छ होला भन्ने सोचेको थिएँ, तर उहाँहरूले ल्याउनुभएको प्रस्ताव राजनीतिक दस्तावेज भन्दा पनि एउटा एनजीओको ‘विसलिस्ट’ जस्तो लाग्यो ।’ कांग्रेस नेतृ देउवाले धेरै कार्यक्रम गर्नुको साँटो परिणाममुखी हुने गरी थारै कार्यक्रम गर्न सुझाव दिएकी थिइन् । ‘धेरै कार्यक्रम गर्ने योजनाहरू आए । तर ती कार्यक्रमको उपलब्धि के हो रु त्योचाहिँ प्रष्ट छैन । बरु तीन चार वटा कार्यक्रम गरौं, ठोस कार्यक्रम गरौं भन्ने मेरो प्रस्ताव छ,’ उनले भनिन् ।
उनले पार्टीमा सरकार सञ्चालनदेखि नीति नियमका बारेमा प्रशिक्षण दिनुपर्नेमा जोड दिइन् । पार्टीबाट सरकारमा जाने नेताहरुले मन्त्रालयको काम सिक्दासिक्दै कार्यकाल बित्ने गरेको उल्लेख गर्दै उनले भनिन्, ‘म प्रधानमन्त्रीको धर्मपत्नी भएर ४-५ पटक उहाँसँगै देशमा के–के हुन्छ, देखेको छु । हाम्रा मन्त्रीहरू मन्त्री भएर जानुहुन्छ, तर सिक्दा–सिक्दै ठीक्क हुन्छ । त्यसैले कुन मन्त्रालयको ड्युटी के हो ? के भइरहेको छ, के गर्नुपर्ने हो ? यसबारे हामीले पार्टीमै छलफल गरेर पूर्वतयार हुनु आवश्यक छ ।’ प्रतिनिधिसभा सदस्यसमेत रहेकी कांग्रेस नेतृ देउवाले परराष्ट्र मामिलाबारेमा पनि पार्टीले प्रष्ट निर्देशन दिनुपर्नेमा जोड दिएकी थिइन् । पार्टीको क्रियाशील सदस्यता संख्या वितरण गर्नुअघि कांग्रेसको विचार र सिद्धान्तका बारेमा प्रशिक्षण दिनु्पर्ने उनको भनाइ थियो, आफू पनि कार्यकर्ता बुझाउन देशव्यापी रुपमा हिँडिरहेको नेतृ राणाले बताउने गरेकी छन् । नेपालपाना