१४ मंसिर २०८३, आईतवार

गगन थापाले कम्युनिस्ट व्यवहार देखाएको भन्दै शेखरले गरे आलोचना, कांग्रेसको धरातल नभुल्न चेतावनी

एसीपी संवाददाता

८ श्रावण २०८०, सोमबार १५:५४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले महामन्त्री गगनकुमार थापाको प्रतिवेदनको आलोचना गरेका छन् ।

केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्ने क्रममा नेता डा.कोइरालाले महामन्त्री थापाको प्रतिवेदनले कांग्रेसलाई क्याडर बेस (कम्युनिस्टको जस्तो कार्यकर्ता) पार्टी बनाउन खोजेको भन्दै असन्तुष्टि जनाए । उनले कांग्रेस मासबेस पार्टी भएको पनि स्मरण गराए। महामन्त्री थापाले आफ्नो कार्यपत्रमा प्रदेश कार्यसमितिहरुलाई बेवास्ता गरेको पनि शेखरले ओल्याए । उनले महामन्त्री थापालाई कांग्रेसको धरातल नभुल्न सचेतसमेत गराए ।

महामन्त्री थापाले कम्युनिस्ट र एनजिओले जस्तो कार्यक्रम राखेर प्रतिवेदन ल्याएको आलोचना भइरहेका बेला नेता डा.कोइरालाले पनि आलोचना गरेका छन् । नेता डा.कोइरालाको समूहबाट महामन्त्री पदमा उम्मेदवार बनेर जित हातपारेका थापालाई केन्द्रीय कार्यसमितिको बैठकमा साथ मिलेको छैन । थापाले धेरै नेता र गुट फेरेका छन् । कांग्रेसमा गुट फेरेर धेरै अवसर लिने अवसरवादी नेताका रुपमा महामन्त्री थापा परिचित छन् ।

शुरुमा सुजाता कोइरालामार्फत नेविसंघको महामन्त्री बनेका थापा नेता रामचन्द्र पौडेलमार्फत समानुपातिक सांसद बनेका थिए । कृष्णप्रसाद सिटौलाको गुटबाट सांसदको टिकट र मन्त्री बने । डा.शेखर कोइरालको समूहबाट महामन्त्री उम्मेदवार बनेका थिए उनी । जसको समूहबाट उम्मेदवार वा अवसर लिएका थिए थापाले त्यही समूहलाई लात हानेर हिँडेका छन् । थापाको आलोचना उनकै समूहका नेताले पनि गरिरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x