१ श्रावण २०८३, शुक्रबार

प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा राख्ने प्रस्ताव

एसीपी संवाददाता

१६ आश्विन २०७७, शुक्रबार ०९:५६ मा प्रकाशित

प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभा बैठकमा पेस भएको छ ।
शुक्रबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश ५ का आन्तरिक मालिक तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश पाँचको राजधानी र नामाकरणबारे प्रस्ताव पेश गर्नुभएको हो ।

प्रदेश ५ को राजधानी भने दाङको राप्ती उपत्यका देउखुरी क्षेत्रमा रहने प्रस्ताव पनि गरिएको छ । त्यस्तै गौतमबुद्धको जन्मस्थल लुम्विनीको साझा चिनारिको रुपमा प्रदेशको नाम लुम्विनी प्रस्ताव परिएको मन्त्री केसीले बताउनुभयो ।

ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी अरु कम्पनीलाई दिदा निगमलाई घाटा

कोरोना केही होईन भन्ने अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी मेलानियालाई कोरोना पुष्टि


मन्त्री केसीले राजधानी र नामाकरणबारे प्रस्ताव पेश गरेलगतै प्रतिपक्षि कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । उनीहरुले प्रदेशको प्रस्तावले आफुहरुको चित दुखेको बताए ।
उक्त प्रस्तावमाथिको छलफलका लागि प्रदेशसभाको बैठक सोमबार बोलाइएको छ । राजधानी र नामांकरणका लागि दुई तिहाई मत चाहिन्छ । प्रदेश सभामा नेकपाको दुईतिहाई मत रहेको र केन्द्रबाटै ह्विप जारी भएकोले राजधानीको विषयमा मत पूरा हुने देखिएको छ । यसअघि राजधानीका विषयमा सांसदहरू विभाजित थिए ।

हुम्लास्थित नेपाल-चीन सीमामा देखिएको विवाद बल्झिँदै,नेकपा र कांग्रेसको छुट्टाछुट्टै टोली प्रस्थान

हुम्लास्थित नेपाल-चीन सीमामा देखिएको विवाद बल्झिँदै,नेकपा र कांग्रेसको छुट्टाछुट्टै टोली प्रस्थान

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x