१४ मंसिर २०८३, आईतवार

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

एसीपी संवाददाता

९ श्रावण २०८०, मंगलवार ०९:३५ मा प्रकाशित

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् ।

उनले पहिरो पन्छाउने क्रम जारी रहे पनि पानी परिरहेकाले समस्या हुँदा कति समय लाग्न भन्न नसकिने बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x