१४ मंसिर २०८३, आईतवार

बोलीको ठेगान नभएका अमरेश सिंह पागल भइसके, अब सर्लाही ४ ले स्विकार्दैन : वीरेन्द्र सिंह

एसीपी संवाददाता

१० श्रावण २०८०, बुधबार १५:५५ मा प्रकाशित

धनकौल । नेपाली कांग्रेस मधेश प्रदेश उपसभापति एवं प्रदेश सरकारका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंहले स्वतन्त्र सांसद अमरेश सिंह पागल भएको आरोप लगाएका छन् ।

धनकौलमा आयोजित पार्टीको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री सिंहले शक्ति गुमाएको झोकमा अमरेश के बोल्ने के नबोल्ने अवस्थामा पुगेको बताए ।

उनले भने, `भ्रष्टाचारी, दलाल माफिया अमरेश सिंहलाई यो क्षेत्रबाट निकाल्नुपर्छ । माओवादी र एमालेको आखामा धुल छरेर जितेका अमरेशले एक हजार मान्छे भेला देखाओस्, ओकात छ भने । चुनाव त जित्यो, तर उसको पछाडि मान्छे छैन । धेरै घुर्की लगाउनुपर्दैन । अर्को चुनावमा कांग्रेसको चारतारे झण्डा फहराउँछौं ।´

भ्रष्टाचारले गाजिएका अमरेशले त्यसलाई पखाल्न सदनमै कपडा खाेलेको उनको टिप्पणी थियो। `कहिले के बोल्छ, कहिले के बोल्छ, पागल भइसक्यो। अब उसलाई कांग्रेसले स्विकार्दैन । क्षेत्रले स्विकार्दैन । कांग्रेसले बोलायो भनेर दिगभ्रमित पार्न खोज्दैन । अर्को चुनावमा कांग्रेस स्थानीय तह, प्रदेश र संघमा सिंगै जिल्ला जित्छ,´ उनले भने ।

मन्त्री सिंहले कांग्रेस कार्यकर्ता र सर्लाहीको समस्या सुन्न आएकोमा प्रमुख अतिथि आरजु राणा देउवा र रामहरि खतिवडालाई धन्यवाद दिए ।

मन्त्री सिंहले अगाडि भने,

कांग्रेसमा दुई प्रवृतिका मानिस छ । एउटा दु:ख गरेर संगठन बनाउने र सम्पूर्ण जीवन अपर्ण गर्ने । दोस्रो दिनभर कांग्रेसलाई गाली, २६४ दिन कांग्रेस हुँ भन्ने, भोट अर्कोमा हाल्ने, तर भाग भने अगाडि खाेज्ने छ। यस्ता मानिस कांग्रेसलाई चाहिदैन । हामीले निकालेका छौं ।

सर्लाही र क्षेत्र नम्बर ४ कांग्रेस गढ हो । तर दोस्रो प्रवृत्तिका मान्छेका कारण क्षेत्र नम्बर ४ मा पराजित भयो। अन्तर्घातीलाई कारवाही सिफारिस गरेका छौं । फुकुवा गर्ने काम हुँदैन ।

सर्लाहीमा सबल र सुदृढ संगठन कांग्रेसको छ । हरेक वडामा एकत्रित छ । यहाँ कांग्रेस भर्सेस गठबन्धनको स्थिति छ । जनताकोदु:ख सुखमा कांग्रेस साथमा छ । यो उपस्थितिले यो क्षेत्रमा कांग्रेस लाल किल्ला हो भन्ने फेरि पुष्टि गरेकोछ ।

कांग्रेस भएकै कारण तीनपटक जितेका महन्थ ठाकुर मधेशी दलमा गएपछि बल्ल जमानत जोगिएको थियो। अहिले पनि कांग्रेसको स्टाटस यही हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x