१४ मंसिर २०८३, आईतवार

४८ लाख अवैध रुपैँया सहित पक्राउ

एसीपी संवाददाता

१२ श्रावण २०८०, शुक्रबार ०८:१४ मा प्रकाशित

कपिलवस्तु । कपिलवस्तु जिल्लको कपिलवस्तु नगरपालिका वडा नम्बर-१ स्थित आन्दोलन चोकबाट श्रोत नखुलेको रुपैँया सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार साँझ करिब ६ः१५ बजेको समयमा नित्यानन्द बर्माको भाडाको घरबाट सुनिल गुप्तालाई ४८ लाख नगद सहित कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

गोप्य सूचनाको आधारमा १४ लाख ९८ हजार हजार १२० रुपैयाँ भारतीय रुपैयाँ र अरू नेपाली रुपैयाँ सहित गुप्ता पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको हो ।

गुप्ताले अवैध भारतीय रुपैयाँको कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा छापा मार्दा प्रहरीले उक्त अवैध रकम सहित उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका गुप्तालाई बरामद उक्त रकम सहित राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाईसकेको प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले बताए ।

गुप्ता कुल ४८ लाख ५ हजार १२७ रुपैयाँ सहित पक्राउ परेका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x