मधेश प्रदेश लगायत तीन वटै सरकार सँग बिज्ञापन उपलव्ध गराउन माँग
राजविराज । सप्तरी जिल्लामा संचालित मिडिया संचालकहरु बसेको बैठकले तीन वटै सरकार सँग बिज्ञापन उपलव्ध गराउन माँग गरेका छन ।
बरिष्ठ पत्रकार अनिल कुमार अनलको अध्यक्षतामा बसेको बैठकमा मधेश प्रदेश सरकारले आठ वटै जिल्लाबाट प्रकाशित हुने संचारमाध्यमहरुलाई लोककल्याणकारी बिज्ञापन बापत उपलब्ध गराउदै आएको बजेट चालु आर्थिक बर्ष २०८०÷०८१ मा बिनियोजित बजेटमा कटौती गरेको प्रति हाम्रो ध्यानाकर्षण भएको छ । राज्यको चौथो अंगको रुपमा स्थापित रहेको मिडियाको निरन्तरताका लागी सहयोग गर्न प्रदेश सरकारको दायित्व भएकोले आमसंचार प्राधिकरण जनकपुरधामले माँग गरे बमोजिम बजेट उपलव्ध गराउन शुक्रवार नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा बसेको बैठकले जोरदार माँग गर्ने निर्णय गरेको छ ।
यसैगरि नेपाल सरकारले बितरण गर्दै आएको बिज्ञापन समान रुपले बितरण गर्ने निति ल्याएपनि व्यावहारमा लागु गर्न नसकेकोले समान रुपमा बिज्ञापन बितरण गर्न नेपाल सरकार सँग माँग गरेको छ ।
यस्तै सप्तरी जिल्लाका १८ वटै पालिका सँग स्थानीय स्तरबाट प्रकाशित हुने पत्र–पत्रिकालाई बिज्ञापन उपलव्ध गराउन माँग गरेको निर्णय गरेको छ ।
बरिष्ठ पत्रकार अनिल अनलको अध्यक्षमा बसेको बैठकमा नेपाल पत्रकार महासंघ सप्तरी अध्यक्ष एंव ग्रिण मधेश दैनिकका श्रवण कुमार देव, कृष्णा दैनिकका प्रकाशक मुरली प्रसाद यादव,न्युज टुडेका शिव नारायण साह, सप्तरी संदेश साप्ताहिकका गणेश लाल देव, आजको जनपुकार दैनिकका ओम प्रकाश शाह, स्वर्णिम संध्या साप्ताहिककी सुधा देव , पुर्व प्रभात दैनिकका बिन्दु यादव, भोरुकवा एफएमका शैलेश कर्ण लगायतका संचालकहरुको उपस्थिति रहेको थियो ।


