३ असार २०८३, बुधबार

गोडैतामा साम्प्रदायिक झड्प, भारी संख्यामा सुरक्षाकर्मी परिचालन

एसीपी संवाददाता

१४ श्रावण २०८०, आईतवार ०८:१३ मा प्रकाशित

सर्लाही,  साउन । सर्लाहीको गोडैता बजारमा दुई समुदाय बिच साम्प्रदायिक तनाव उत्पन्न भएको छ ।
सर्लाहीको गोडैता बजारमा मुस्लिमहरुले महोरम पर्व मनाउने क्रममा विवाद उत्पन्न भएको हो ।
डिजे बाजामा चर्को स्वरमा शायरी बोल्दै बजार परिक्रमा गर्न खोज्दा विवाद उत्पन्न भएको थियो ।
शनिबार बजारको दिनमा तरकारी बजार सहित गोडैतामा विशेष चहलपहल रहेको अवस्थामा ती समुदायले सहमती विपरीत बजार परिक्रमा गर्न खोज्दा अर्को समुदायले रोक लगाएपछि विवाद उत्पन्न भएको प्रत्यक्षदर्शी ले बताए । पर्वको नाममा नंया तरबार सहित शक्ति प्रदशन गरेको आरोप लागेको छ ।
यता प्रहरीले साझ पख हिन्दू युवाहरू माथी लाठी चार्ज गरेपछि झडप सुरु भएको एक पसल सन्चालकले बताए । सुरक्षाकर्मीले महिला बालबालिका र निजि घर केही नदेखी अन्धाधुन्ध आँसु ग्यास प्रहार गरेको र आफनो घरमा रहेका मानिसहरुलाई समेत पक्राउ गरी लाठीचार्ज तथा कुटपिट गरेको उनिहरुको भनाई छ । प्रहरीको गोलि लागि एक जना घाइते समेत भएको जान्करी प्राप्त भएको छ ।
विवादलाई नियन्त्रण गर्न गोडैता बजारमा भारी संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताए । अहिले बजारको अवस्था सामान्य रहेका छन, उहाँले भने ।
गोलि लागेको घटना बारे आफु समेत अनविज्ञ रहेको उहाँको भनाई छ ।
प्रदेश सासद फकिरा महतोले बजारमा कुनै अप्रीय घटना हुन नदिन सुरक्षाकर्मी र स्थानीयसंग निरन्तर सम्पर्क रहेको बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x