१४ मंसिर २०८३, आईतवार
मन्त्री समिमलाई गृह जिल्लामा भव्य स्वागत
राजविराज । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री मो. समिमलाई उनको गृह जिल्ला सप्तरीमा भव्य स्वागत गरिएको छ ।
मन्त्री भएपछि पहिलो पटक आज गृह जिल्ला आएका मन्त्री समिमलाई नेपाली काँग्रेसको पार्टी कार्यालयमा भव्य स्वागत गरिएको हो ।
उनलाई जिल्ला सभापति रामदेव साह, सचिव सनत मण्डल, प्रभुव नारायण चौधरी, क्षेत्र नम्वर १ (ख) का सभापति उमेश मिश्र, मधेश प्रदेशका सह महामन्त्री विन्दु यादव, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, उपाध्यक्ष फुल कुमारी साह, सप्तकोशी नगरपालिकाका मेयर कृष्ण ढकाल र जिल्ला तहका नेताहरू लगायतकाले फुलमायाले स्वागत गरे ।
Subscribe
Login
0 Comments


