२२ श्रावण २०८३, शुक्रबार

बालकृष्णलाई जेल हाल्ने, महरालाई जोगाउने नारायणकाजीले लुकाएको यस्तो छ गोप्य दस्तावेज (प्रतिवेदनसहित)

एसीपी संवाददाता

१८ श्रावण २०८०, बिहीबार ११:४६ मा प्रकाशित

काठमाडौं – गृहमन्त्री नारायणकाजी श्रेष्ठ सत्ता साझेदार नेपाली कांग्रेसका नेता बदनाम गर्ने अभियानमा अघि बढेका छन् ।

शरणार्थी प्रकरणमा बिचौलियाले नाम पोलेकै आधारमा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई जेल हाल्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुन तस्करी प्रकरणमा सिआईबीले नै बकाइदा प्रतिवेदनमा नाम उल्लेख गरेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई जोगाउन लागिपरेका छन् ।

भ्रष्टाचारी जुनसुकै पार्टीका भए पनि कसैलाई नछोड्ने बताउँदै आएका श्रेष्ठ अहिले आफ्नै पार्टीका नेतालाई उम्काएर अरुलाई दोषी देखाउँदै जेल हाल्ने अभियानमा केन्द्रित भएका छन् ।

नक्कली शरणार्थी प्रकरणमा बिचौलियाले नाम पोलेकै आधारमा पूर्वगृहमन्त्री खाँण अहिले जेलमा छन् । तर भन्सारवाट चोरी भएको नौ किलो सुनमा मुछिएका माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महरालाई गृहमन्त्री श्रेष्ठले उन्मुक्ति दिएका छन् ।

सिआईबीले इलेक्ट्रिक सिगरेट (भेप) मा सुन ल्याएर तस्करी गरेको, भन्सारबाट चोरी गरेर माओवादी नेता महराको बाबुछोराले सुन निकालेको किटानी गर्दा पनि गृहमन्त्री श्रेष्ठले छानबिनमा तानेका छैनन् ।

आठ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर प्रहरीको विशेष अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनमा किटान हुँदा पनि उनीहरूमाथि मुद्दा दर्ता त भएको छैन नै, उनीहरूलाई योजनाबद्ध

रूपमा उन्मुक्ति दिन खोजिएको छ ।

mahara111`.jpg

चिनियाँ नागरिक लीसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबुछोराले उनलाई सहयोग पु¥याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको तथ्य स्थापित भइसकेको छ ।

सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट मिलिभगतमा बेच्ने सञ्जालमा महरा बाबुछोरा भएको किटान प्रहरी प्रतिवेदनमा छ । चिनियाँ नागरिक लीपछि दोस्रो व्यक्ति महरा र चौथो व्यक्ति उनका छोरा राहुल महरा भएको प्रतिवेदनमै उल्लेख छ ।

सो प्रकरणमा हाल हिरासतमा रहेका भन्सार र विमानस्थलका कर्मचारीले महराकै लागि सुन ल्याएको बयान नै दिएका छन् ।

प्रहरीले कल डिटेल रेकर्डसहित कृष्णबहादुर र राहुलको विवरण खुलाउँदा पनि उनीहरूको प्रसंग छायामा पारेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गत असार २७ मा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गत पुस १० मा दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङको लगेजमा ७३ बट्टामा ७३० थान भेप भेटिएको थियो । एकैपटक यति धेरै परिमाणमा भेप आएको भन्दै विमानस्थल भन्सारले समातेको थियो ।

अनुसन्धान गर्दै जाँदा भेपभित्र सुन भेटिएको थियो । प्रहरी अनुसन्धान नै भन्छ, ‘नौ किलो ११।५२४ ग्राम सुनको बजार मूल्य आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रहेको काठमाडौं सुनचाँदी व्यवसायी संघको मूल्यांकन छ ।’मिडिया डबलि  Bhansar Gold Case (1)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x