१४ मंसिर २०८३, आईतवार

अनुमतिपत्र बिना नेपाली सवारी साधन भारत प्रवेशमा रोक

एसीपी संवाददाता

१८ श्रावण २०८०, बिहीबार १३:४९ मा प्रकाशित

बिरगंज –  पास  विना नेपाली चारपाङ्ग्रे सवारी साधनलाई भारत प्रवेशमा रोक लागेको छ ।  सीमामा नेपाली सवारीसाधन रोक्दा हंगामा मच्चियो ।  अब नेपाली चारपाङ्ग्रे सवारी साधन भारतीय सीमामा प्रवेश गर्न नपाउने भएका छन् ।  यस सम्बन्धमा नेपालस्थित वीरगञ्ज भारतीय महावाणिज्य दूतावासले मंगलबार साँझ एक पत्र जारी गरी तत्काल लागू भएको जनाएको छ ।  आदेशपछि भन्सार विभागका अधिकारीले नेपालबाट आउने चारपाङ्ग्रे सवारीसाधनलाई रोक्न थालेपछि नेपाल–भारत सीमामा जाम भएको थियो ।

यस सम्बन्धमा भारतीय महावाणिज्य दूतावासले जारी गरेको पत्रमा रक्सौलको स्थानीय प्रशासन र भन्सारलाई उक्त सवारी साधनको मालिकले पास लिए मात्रै नेपालबाट आउने चारपाङ्ग्रे सवारी साधनलाई भारत प्रवेश गर्न दिन निर्देशन दिएको छ । वीरगन्जको महावाणिज्य दूतावास वा काठमाडौंस्थित भारतीय दूतावासबाट जारी गरिएको आवश्यक पास भए मात्र भारत प्रवेश दिने भनेको छ ।

दुई पाङ्ग्रे सवारी साधनमा कुनै प्रतिबन्ध छैन।
यसअघि नेपाली चारपाङ्ग्रे सवारी साधनलाई रक्सौल पुग्न कुनै पनि पास चाहिँदैनथ्यो ।  यो आदेशपछि सयौं सवारी साधनलाई नयाँ नियमअनुसार फिर्ता पठाइएको छ ।  तर, नेपालबाट आउने दुईपाङ्ग्रे सवारीसाधनमा भने यो नियम लागू हुने छैन ।  तर, नेपाल सरकारले नेपाली तीनपाङ्ग्रे सवारी साधनलाई भारत–नेपाल मैत्री पुल अर्थात् नेपाल सीमासम्म जान निर्देशन दिएको छ । यो नियम पछि अन्य भन्सार कार्यालयले के गर्ने भन्ने प्रस्न उठेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x