७ आश्विन २०८३, बुधबार

राष्ट्रिय स्वराज पार्टीको संगठन बिस्तार कार्य तीब्र

बिकास खडका

२२ श्रावण २०८०, सोमबार २३:१५ मा प्रकाशित<

बिकास खडका , लुम्बिनी –  नवलपरासी जिल्लामा राष्ट्रिय स्वराज पार्टीको संगठन बिस्तार कार्य तीब्र हुँदै गएको छ ।
केन्द्रिय संयोजक ईरफान अहमद शेखको सक्रियतामा केन्द्रिय नेताहरु जाबिर हल्वाई, केन्द्रीय नेतृ जोया शेष, रोशन शाह, प्रदेश इन्चार्ज ध्रुब शर्मा, जितेन्द्र चौधरी लगायत नेताहरु अहिले लुम्बिनी प्रदेशको विभिन्न जिल्लामा समिति बिस्तार गर्ने क्रममा रहेका छ्न ।  समिति बिस्तार कार्य निरन्तता दिदै जाने केन्द्रिय संयोजक ईरफान अहमदले जनाउनु भयो ।  तराईमा खास गरि बाके , बर्दिया , दाङ , कपिलवस्तु , नवलपरासी , रुपन्देही जिल्ला समिति बिस्तार कार्य तिब्र पारेका हुन । संगठन बिस्तार गर्दै हाम्रो अभियान अहिले लुम्बिनी प्रदेश बाट शुभरम्भ भएको हो  र देश भरी संगठन  बिस्तार  गर्ने अभियानको थालनी हो ।   विभिन्न पार्टीहरुले  हामी जस्तो युवाहरूलाई सधै प्रयोगको साधन बनाएको बताउँदै अब युवाहरूलाई नेतृत्व तहमा आउन आवश्यक रहेको केन्द्रिय संयोजक शेखले बताउनु भयो । नवलपरासीमा आयोजित एउटा् सभालाई सम्बोधन गर्दै अब हामिहरु जनताले प्रत्येक्ष भोक्दै आएको समस्या , सिमानाकाको विषयक मुद्दा हरुमा प्राथमिकता दिने बताउनु भयो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x