१४ मंसिर २०८३, आईतवार

शाहद्वारा जन्मदिनमा साईकल हस्तान्तरण

एसीपी संवाददाता

२४ श्रावण २०८०, बुधबार ०७:५१ मा प्रकाशित

नेपालगन्ज,  श्रावण – बास नेपालका कार्यकारी निर्देशक तथा नाईस नेपालगन्जमा संस्थापक अध्यक्ष नमस्कार शाहले जन्मदिनको अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का १६ बर्षिय महेन्द्र ढुंगानालाई साईकल सहयोग गरेका छन् ।
बुवा जन्मजात दृष्टी बिहिन र आमा मानशिक अपांगता भएका कारण सानै उमेरमा सम्पूर्ण परिवारको जिम्मेवारी सम्हाल्दै आउनु भएका ढुंगानाको दैनिक आवत जावतमा सहजता होस भन्ने उद्धेश्यले उनलाई उक्त सहयोग प्रदान गरेका हुन् ।
सहयोग प्राप्त गर्ने ढुंगाना जय जनता माबि थपुवामा कक्षा १० मा अध्ययनरत छन् । सहयोग पश्चात ढुंगानाले साईकल नहँुदा घरदेखि नेपालगन्जसम्म पैदल आवत जावत गर्ने गरेको भन्दै साईकलले दैनिक कार्यमा ठुलो सहयोग पुग्ने बताए । उनले सहयोग गर्ने शाहलाई धन्यबाद ज्ञापन गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x