कपिलवस्तु जिल्लामा पुग्यो राष्ट्रिय स्वराज पार्टी अभियान
कपिलवस्तु – राष्ट्रिय स्वराज पार्टीले आफ्नो संगठन बिस्तार कार्यक्रम तीब्र पारेको छ । रुपन्देही जिल्ला बाट अभियान शुरु गरेको समिति बिस्तार कार्यक्रम कपिलवस्तु जिल्लामा समिति बिस्तार गर्दै गरेको छ। लुम्बिनी प्रदेश इन्चार्ज चयन सङै पार्टीले लुम्बिनी प्रदेशमा आफ्नो अभियान तीब्र पारेको केन्द्रिय संयोजक मो. ईरफान अहमद शेखले बताएका छ्न । बाके , बर्दिया , नवलपरासी , कपिलवस्तु , रुपन्देही , दाङमा समिति बिस्तार कार्यक्रम लागेका केन्द्रिय संयोजक शेखले यथा शिघ्र पार्टी दर्ता गरि देश भरी अभियान चलाउने बताएका हुन । राष्ट्रिय स्वराज पार्टी भनेको जनताको लागि काम गर्न आएको हो । जनताको यथार्थ समस्या बाट अन्य पार्टी हरु ले जनताले मागेको माङमा आश्वासन मात्र दिए अधिकार दिएनन् । स्वराज पार्टीको अभियान अब दलित , शोषित , पीडितको आवाज बन्ने अभियान शुरु हुने बताएका हुन । केन्द्रिय नेता जबिर हलवाई , नेतृ जोया शेख लुम्बिनी ईन्चार्ज ध्रुव शर्मा सहितका नेताहरू अगुवाइमा अभियान तीब्र पारिएको हो ।
![]()



