१४ मंसिर २०८३, आईतवार

नेपालगन्ज उद्योग बाणिज्य संघमा विपक्षी समूहबाट उम्मेदवारी दिएका धर्मेन्द्र कांग्रेसबाट निष्काशित

एसीपी संवाददाता

२७ श्रावण २०८०, शनिबार ०७:४७ मा प्रकाशित

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध विपक्षी समूहमा उम्मेदवारी दिएका पार्टीका क्रियाशील सदस्य एवम् नेपालगन्ज-११ का पार्टी सचिव धर्मेन्द्र ठठेरलाई पार्टीबाट निष्काशन गरेको छ ।

ठठेरले विपक्षी समूहबाट उम्मेदवारी दिँदा पार्टीलाई क्षती हुने कार्य गरेको भन्दै पार्टीबाट निष्काशन गरिएको हो । अनुशासन समिति संयोजक टंकप्रसाद काफ्ले (आशिष) ले  ठठेरले पार्टीको विधान २०१७ परिच्छेद ९ को धारा ३४ उपधारा ४ (क) र पार्टीको नियमावली २०७६ परिच्छेद १० को बुँदा नम्बर २९ को १ (क) र (ङ) का साथै नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलन २०७९ को प्रतिवेदन १२ को (च) बमोजिम ५ बर्षका लागि पार्टीबाट निष्कासन गरिएको बताए ।

नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन यही भदौ २ गते नेपालगन्जमा हुँदैछ । निर्वाचनमा साझा प्रजातान्त्रिक प्यानलबाट ललित रौनियार नेतृत्वको टिम चुनावी मैदानमा होमिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x