७ आश्विन २०८३, बुधबार

विकासका काममा एक ढिक्का भएर लाग्न कांग्रेस कार्यकर्तालाई मुख्यमन्त्रि चौधरीको निर्देशन

एसीपी संवाददाता

३० श्रावण २०८०, मंगलवार १५:४२ मा प्रकाशित

प्रदेशका मुख्यमन्त्रि डिल्लीबहादुर चौधरीले बागेश्वरी मन्दिरको विकासका लागि आफूले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन् । नेपाली कांग्रेसले मंगलवार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्रि चौधरीले नेपालगन्ज पुरानो सहर भएकोले यसको विकासका लागि प्रदेश सरकारले विशेष ध्यान दिएको बताए ।
उनले बागेश्वरी मन्दिरको विकासका लागि गूरु योजना तयार पारेर अगाडी बढ्न सुझाव दिए । ‘बागेश्वरी मन्दिरका लागि गूरु योजना बनाउनुस । आवश्यक रकमको ब्यवस्था गर्ने मेरो जिम्मा भयो,’ उनले भने ।
कार्यक्रममा उनले गुट, उपगुटमा नलाग्न नेता, कार्यकर्तालाई निर्देशन दिए । गुट, उपगुटले पार्टीलाई फाइदा नपुग्ने बताउँदै उनले यसले सिंगो देशलाई असर पार्ने धारणा राखे । ‘बाँकेको विकासका लागि म तयार छु, तपाईहरु तयार भएर आउनुस । गुट, उपगुटमा लाग्नु भयो भने विकास, निर्माणमा असर पर्छ । त्यसकले कसैलाई पनि फाइदा पुग्दैन,’ मुख्यमन्त्रि चौधरीले भने ।
सो अवसरमा कांग्रेस बाँके सभापति नारायणप्रसाद गौडेलले यातायात ब्यवस्था कार्यालयका लागि जमिन र भवन निर्माणका लागि बजेट विनियोजन गरिदिन मुख्यमन्त्रि चौधरीसँग माग गरे । उनले बाँके जिल्लाका विभिन्नका बासिन्दा डुवान र कटानको समसयासँग जुधिरहेको बताउँदै डुवान र कटान समस्या समाधानका लागि पहल गरिदिन माग गरे ।
काँग्रेस बाँके सचिव सधाम्शु कोइरालाले संचालन गरेको कार्यक्रममा पूर्व मन्त्रि गजेन्द्रबहादुर हमाल, प्रदेश सभासद लगायतको सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x