साझा प्रजातान्त्रिकको तीन समूहमा बिभाजन भएर संचालन गरिएको मतदाता भेटघाट
नेपालगञ्ज । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले बिभिन्न क्षेत्रमा मतदाता भेटघाट गरेको छ | ललित कुमार रौनियार नेतृत्वको प्रजातान्त्रिक समूहको पक्षमा मतदान गर्न नेपालगञ्जका बिभिन्न क्षेत्रमा सोमबार मतदाता भेटघाट गरिएको हो
तीन समूहमा बिभाजन भएर संचालन गरिएको मतदाता भेटघाटका क्रममा मतदाताहरुले उम्मेदवारलाई स्वागत समेत गरेका छन् । उम्मेदवारसम्मिलित समूहले सोमबार कारकाँदो क्षेत्र, पुष्पलाल चोक, घरवारीटोल, धम्बोझी क्षेत्रमा मतदातासंग भेटघाट गर्दै मत मागेको छ
निर्वाचनको मिति नजिकिएसंगै प्रचार प्रसारमा तिब्रता दिएको प्रजातान्त्रिक समूहका उम्मेदवारले मतदाताबाट राम्रो प्रतिक्रिया मिलिरहेको महिला उपाध्यक्ष पदकी उम्मेदवार करिश्मा योगीले बताउनुभयो । मतदाताहरुको भेटमा उहाँहरुले आत्मियता प्रदान गर्नुभएको योगीको भनाई छ ।
प्रजातान्त्रिक समूहले दैनिक संघको सम्पूर्ण मतदाताहरुको घरमा पुगिरहेको छ । हाम्रो तर्फबाट सम्पूर्ण मतदाताहरुको घरदैलोमा पुग्ने योजनाअनुसार मतदाता भेटघाट कार्यक्रम चलिरहेको सदस्य पदका उम्मेदवार युवराज ढकालले जानकारी दिनुभयो ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि यही भाद्र २ गते निर्वाचनको मिति तोकिएको छ यस क्रममा नेतृत्वका लागि उपेदवार बनेका व्यक्तिहरु मत मतदाताहरुको घरदैलोमा पुगिरहेका छन् ।


