१४ मंसिर २०८३, आईतवार

आफ्नो कुर्सीमै धक्का लाग्ने भएपछि गृहमन्त्री श्रेष्ठ यी प्रहरी अधिकृतलाई सरुवा गर्दै l

एसीपी संवाददाता

३१ श्रावण २०८०, बुधबार ०५:५८ मा प्रकाशित

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कुर्सी दाउमा लागेको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसले श्रेष्ठको निरन्तरतामा प्रश्न उठाएपछि गृहमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बडो अप्ठेरोमा परेका छन् ।

त्यसैले उनले नेपाल प्रहरीका दुई अधिकृत जो नेपाली कांग्रेसप्रति निकै बायस देखिँदै आएका छन्, उनीहरूलाई सरुवा गर्न गृहमन्त्री श्रेष्ठलाई निर्देशन दिएको बुझिएको छ ।

उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी श्याम ज्ञवाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीलाई सरुवा गर्न प्रचण्डले श्रेष्ठलाई निर्देशन दिएका हुन् ।

डा सुनिल शर्मालाई सिआइबीले पक्राउ गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्रीले कांग्रेसका नेताहरुलाई छानी–छानी प्रतिशोध साँधेको र यो गठबन्धनका लागि सकारात्मक कुरा नभएको बताएका थिए ।

यदि यही ढंगले अघि बढे सरकार नै संकटमा पर्ने चेतावनी दिएपछि प्रचण्डले फोन नै गरेर गृहमन्त्री श्रेष्ठलाई आदेश दिएको बताइन्छ।

जवाफमा श्रेष्ठले केही दिनमा मिलाएर सरुवा गर्ने आश्वासन दिएको बुझिएको छ । गृहमन्त्री भएका बेला कांग्रेस नेता बालकृष्ण खाँणले आफूलाई आईजीपी नबनाएको भन्दै श्याम ज्ञवालीले उनलाई भुटानी शरणार्थी प्रकरणमा पक्राउ गर्न लगाएका थिए ।

पूर्वगृहमन्त्री खाणलाई पक्राउ गर्न एसएसपी केसी आफैँ गएका थिए । गत पुसमा अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी पाएका केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँणसहित कांग्रेस नेताहरु आङटावा शेर्पा, एमालेका सचिव टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी अनुसन्धान गरेका थिए ।

त्यसमा एआइजी ज्ञवालीले बालकृष्णपत्नी मञ्जु खाण र देउवापत्नी आरजुको पनि संलग्नता रहेको जनाउँदै पक्राउ गर्न खोजेका छन् । मिडियाडवलि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x