१४ मंसिर २०८३, आईतवार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : ५० प्रतिशत भन्दा बढी मत खस्यो

एसीपी संवाददाता

२ भाद्र २०८०, शनिबार १६:२४ मा प्रकाशित

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : ५० प्रतिशत भन्दा बढी मत खस्यो ।  नेपालगन्ज उद्योग वाणिज्य संघको मतदान स्थल रहेको नेपालगन्ज रंगशालास्थित कभर्डहल ।   तस्बिर साभार : सामाजिक सञ्जालबाट नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको जारी मतदानमा अहिलेसम्म ५० प्रतिशत भन्दा बढी मत खसेको छ । संघका निर्वाचन अधिकृत माधव शर्माले दिएको जानकारी अनुसार यो समाचार तयार पार्दासम्म ५० प्रतिशत भन्दा बढी मत खसेको हो । ‘मतदान कार्य शान्तिपूर्ण रुपमा चलिरहेको छ, मतदान छिटो छरितो सम्पन्न गर्नका लागि हामीले १३ वटा बुथ निर्माण गरेका छौं,’ उनले दूरसञ्चार डटकमसँग टेलिफोनमा भने । संघको कुल ४ हजार ९ सय ३६ मतदाता रहेका छन् । नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा शनिबार बिहान सवा ८ बजेबाट सुरु भएको मतदान अपरान्ह ५ बजेसम्म चल्ने उनले बताए । उक्त निर्वाचनमा दुई समुहबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका तर्फबाट ललितकुमार रौनियार र समावेशी समुहबाट टंकबहादुर धामीले प्रतिस्पर्धा गरिरहेका छन् । समावेशी समुहका तर्फबाट चिरञ्जीवी ओली उपाध्यक्ष (उद्योग), हरिलाल न्यौपाने उपाध्यक्ष (वाणिज्य), मन्दिरा पाण्डे उपाध्यक्ष (महिला), भीमबहादुर रानाभाट महासचिव, मदनराज शर्मा उप-महासचिव, सलाउद्दिन जसगढ कोषाध्यक्षको उम्मेदवार रहेका छन् । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहबाट उपाध्यक्ष (बाणिज्य) मा विष्णु प्रसाद श्रेष्ठ, उपाध्यक्ष (उद्योग) मा मोहम्मद सफिक बेहना, उपाध्यक्ष (महिला) मा करिष्मा योगी, महासचिवमा टंकप्रसाद शर्मा, उप-महासचिवमा टेकबहादुर खड्का र कोषाध्क्षमा मख्खन बहादुर धामीले प्रतिस्पर्धामा गरिरहेका छन् । उपाध्यक्ष (उद्योग) मा स्वतन्त्र उम्मेदवार दिपेन्द्रकुमार जोशीले पनि प्रतिस्पर्धा गरिरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x