१४ मंसिर २०८३, आईतवार

कृषकको समस्यामा चिन्तित आरजु : सरकारलाई दिइन् यस्तो सुझाव

एसीपी संवाददाता

३ भाद्र २०८०, आईतवार १०:५१ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद एवं केन्द्रीय सदस्य आरजु राणा देउवाले किसानका समस्याप्रति चिन्ता व्यक्त गरेकी छन् । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै सांसद राणाले बाँदरको संख्या बढेर कृषि बालीनालीमा पुर्याएको असरप्रति चिन्ता व्यक्त गरेकी हुन् ।

बाँदरको संख्या बढेर भयावह अवस्था बनेको र समस्या समाधान गर्न गाह्रो रहेको भन्दै उनले बाँदर नियन्त्रणका लागि अध्ययन गर्न जरुरी रहेको बताइन् । ‘अरु देशको कुनै मोडेल छ कि ? हाम्रो यति धेरै ठाउँमा जाली लगाएर कसरी खेती गर्ने ? त्यस्तो हाम्रो स्रोत साधन पनि छैन । बॅादरलाई कलिङ गर्न सक्ने भए गर्नुपर्छ, तर बॅादरलाई कलिङ गर्न पनि मिल्दैन, हाम्रो धर्म संस्कृतिले दिएअनुसार बॅादर मार्न मिल्दैन, बाँदर त कसैले पनि खाँदैन, सो ह्वाट टु डु इट बाँदर ?’ उनले सोधिन् । बाँदर नियन्त्रणका लागि विशेष कार्यक्रम नै ल्याउन उनले कृषि तथा पशुपंक्षी मन्त्रालयलाई आग्रह गरिन् ।

सांसद राणाले माइतीघर बर्दियाका मान्छेले दुःख पाएको पनि सुनाइन् । छाडा गाई, बँदेलले सताउने र बाघले मान्छे खाने गरेको भन्दै अन्तर्राष्ट्रिय सन्धीमै हस्ताक्षर गरेकाले बाघ मार्न नहुने तर लाइसेन्स दिएर बँदेल मार्ने पाउने व्यवस्था लागू गर्न ठीक हुने सुझाइन् ।

कृषि मन्त्रालयका सचिव दीपककुमार खनालले झन्डै २५ प्रतिशत खेतीयोग्य जमिनमा बाँदरको प्रकोपका कारण खेती हुन छाडेको भन्दै बाँदर नियन्त्रणका लागि प्रभावकारी विकल्प के हुन सक्छ सरकारले काम गर्ने बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x