१४ मंसिर २०८३, आईतवार

नेपालगञ्ज आउँदै गरेको फोर्स गाडी सल्यानमा दुर्घटना

एसीपी संवाददाता

५ भाद्र २०८०, मंगलवार ०९:०८ मा प्रकाशित

रुकुमको नुवाकोटबाट नेपालगञ्ज आउँदै गरेको फोर्स गाडी सल्यानमा दुर्घटना भएको छ । रुकुमको नुवाकोटबाट छुटेको लु २ ख ५७३१ नम्बरको फोर्स गाडी सोमवार दिउँसो कपुरकोट गाउँपालिका ३ आगरखोेलामा दुर्घटना भएको हो ।

दुर्घटना स्थलमा प्रहरी, स्थानीय लगायतले उद्धार कार्य जारी राखेका छन् । गाडीमा भएका सबै घाइते भएको र केही गम्भिर घाइते भएको अनुमान गरिएको छ ।

गाडी सडकदेखि करिब २ सय मिटर तल खसेको अनुमान गरिएको छ । घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x