१७ श्रावण २०८३, आईतवार

जापानले समुद्रमा मिसाउन थाल्यो रेडियोधर्मी पानी

एसीपी संवाददाता

७ भाद्र २०८०, बिहीबार १९:२९ मा प्रकाशित

एजेन्सी,  । जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रको रेडियोधर्मी (रेडियोएक्टिभ) पानी बिहीबार (आज)देखि समुद्रमा विर्सजन गर्न थालेको छ । केही दिन पहिले जापानको यो कदम बिरोध गर्दै चीनले आपत्ति जनाएको थियोे ।

सन् २०११ मार्च ११ मा आएको भूकम्प र सुनामीले विनाश भएको सो ऊर्जा केन्द्रको रेडियोधर्मी पानीलाई प्रशोधन गरेर जापानले समुद्रमा मिसाउन सुरु गरेको हो । स्थानीय समयानुसार दिउँसो १ बजे टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को)ले मौसम र समुद्री अवस्था उपयुक्त भएको घोषणा गर्दै प्रशान्त महासागरमा रेडियोएक्टिभ पानी मिसाउन थालेको हो ।

सुनामीका कारण न्युक्लियर (आणविक) भत्कँदा यी रिएक्टरलाई चिसो पार्न प्रयोग गरिएको पानीमा रेडियोधर्मी पदार्थ मिसिएको थियो । उक्त १० लाख मेट्रिकटन पानी एक हजारभन्दा बढी ट्यांकहरूमा भण्डारण गरिएको थियो । भत्किएको यो प्लान्ट अझै जोखिमपूर्ण अवस्थामा छ । प्लान्टको भग्नावशेष हटाउन र सो पानी विर्सजन गरिसक्न ४० वर्ष लाग्नेछ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)का अधिकारीले यो योजनालाई पूर्ण रूपमा अनुगमन गरिराख्ने र जलचरमा पर्ने असरको अध्ययन गर्ने बताइएको छ । विभिन्न देशले जापानको यो कदमको विरोध गरेका छन् । बुधबार राति दक्षिण कोरियाको मुख्य विपक्षी पार्टीले मैनबत्ती प्रज्वलन गर्दै यसको विरोध गरेको छ । अलजजिरा ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x