१४ मंसिर २०८३, आईतवार

राष्ट्रिय स्वराज पार्टीको बाकेमा प्रशिक्षण कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

९ भाद्र २०८०, शनिबार २३:०८ मा प्रकाशित

बिकास खडका –  बाँके, नेपालगन्ज उपमहानगरपालिका-३ मुस्लिम फत्ते मो. मुसाफिरखानामा  राष्ट्रिय स्वराज पार्टीको प्रशिक्षण कार्यक्रम र बैठक भव्यरूपमा सम्पन्न गरेको छ  । , कार्यक्रमको अध्यक्षता जिल्ला सभापति अब्दुल कादिर साईको अध्यक्षतामा भएको हो ।  आजको कार्यक्रम संचालकमा केन्द्रीय महिला नेतृ जोया शेषले गरेका थिइन भने स्वागत मन्तब्य जाबिर हल्वाईले गरेका थिए, प्रशिक्षण दिनेहरुमा केन्द्रीय नेता राजा सिंह, तथा केन्द्रीय अध्यक्ष इरफान अहमद शेषले विशेषरूपमा प्रशिक्षण कार्यक्रम चलाएका थिए, आजको कार्यक्रम मुख्यरूपमा संगठन निर्माण बारेमा चलाइएको थियो तथा प्रशिक्षण कै क्रममा बार्डर सम्बन्धि समस्या तथा स्थानीय सरकारले अहिले गरिरहेको अन्यायको बारेमा समेत बोलेका छन, गरिब, किसान , मजदुर , रिक्सावालाहरुको समस्या बारे समेत प्रकाश पारेका थिए, आउनेदिनमा यदि जनहितको लागि अन्दोलन गर्न पर्यो भने पछि नपर्ने बताएका छन। आजको कार्यक्रममा लगभग २००सय जनाको उपस्थिति रहेको जानकारी जिल्ला उपसभापति राम निवास शाहुले जनाएका छन। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x