१४ मंसिर २०८३, आईतवार
काठमाडौंबाट नेपालगन्ज आउँदै गरेको बस दुर्घटना, ७ जना सामान्य घाइते
बर्दाघाट । काठमाडौंबाट नेपालगन्ज आउँदै गरेको बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
काठमाडौंबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ९०११ नम्बरको बस पश्चिम नवलपरासीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दघाटमा दुर्घटना हुँदा ७ जना सामान्य घाइते भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।
मंगलबार राति काठमाडौंबाट छुटेको बस आज बिहान साढे ५ बजे अनियन्त्रित भएर बर्दाघाटमा दुर्घटना भएको एसपी आचार्यले बताए ।
भे १ ख ९०११ नम्बरको रात्रि बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सामान्य घाइतेहरुको चिसापानी अस्पताल बर्दघाटमा उपचारका लागि पठाइएको एसपी आचार्यले भने । बस अनियन्त्रित नै भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Subscribe
Login
0 Comments


