१४ आश्विन २०८३, बुधबार

चिनियाँ राजदूत चेङ सोङको विरूद्धमा काठमाडौमा नाराबाजी गर्दै राष्ट्रिय एकता अभियान

एसीपी संवाददाता

२६ भाद्र २०८०, मंगलवार ०४:११ मा प्रकाशित

काठमाडौँ- राष्ट्रिय एकता अभियानले नेपालका लागि चिनियाँ राजदूत चेङ सोङको विरूद्धमा नाराबाजी गर्दै काठमाडौमा र्‍याली निकालेको छ ।

प्रदर्शनकारीले चिनियाँ राजदूतलाई फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दावाद, आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, ऋणजाल चाहिदैन, देश डुबाउन पाईदैन जस्ता नारा लगाएका थिए ।

अभियानका केन्द्रीय संयोजक विनय यादवको नेतृत्वमा निकालिएको रैली बबरमहलबाट नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । संविधानसभा सदस्य एवम अभियानका वरिष्ठ नेता वीपी यादवले चीनले तिब्बत र ताइवानजस्तै नेपाललाई उपनिवेश बनाउन खोजेको आरोप लगाए ।

उनले नेपाल–चीन सम्बन्ध बढाउनु भन्दा पनि नेपाललाई कसरी ऋणको जालमा फसाउने भन्ने विषयमा चिनियाँ राजदूत बढी सक्रिय रहेको आरोप लगाए । चिनियाँ राजदूत सोङले नेपाललाई भारतसँगको आर्थिक सम्बन्ध घटाएर चीनसँग थप घनिष्ठ हुन सुझाव दिनु अशोभनीय रहेको बताए।

नेता यादवले चिनियाँ राजदूतको भनाइले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गर्दै देशको राष्ट्रिय स्वाधीनतालाई खतरामा पारेको थपे। उनले यस विषयमा नेपाल सरकारले कडा कदम चाल्दै चिनियाँ राजदूतलाई फिर्ता पठाउन माग समेत गरे। अभियानका महासचिव डा प्रभात कुशवाहाले र्‍यालीको उद्देश्य चिनियाँ राजदूतको विवादास्पद अभिव्यक्तिको विरोध गर्दै नेपाल सरकारलाई चीनसँगको सम्बन्ध पुनरावलोकन गर्न आग्रह गर्नु रहेको बताए ।

उनले नेपालले चीनको आर्थिक र राजनीतिक प्रभावबाट जोगिन र भारतसँगको परम्परागत सम्बन्धलाई बलियो बनाउनुपर्ने बताए ।

र्‍यालीमा सहभागी अन्यले पनि चिनियाँ राजदूतको भनाइको निन्दा गर्दै उनलाई फिर्ता पठाउन नेपाल सरकारसँग माग गरेका थिए ।

उनीहरूले चीनले नेपाललाई उपनिवेश बनाउने र देशको स्वाधीनतालाई खतरामा पार्न खोजेको बताए । रैलीमा अभियानको महिला संयोजक रीता साह, मधेश सम्पर्क समिती काठमाडौका संयोजक बिनोद सिंह, सल्लाहकार जयनारायण यादव, अभियानका यूवा नेता धीरज गिरी, राष्ट्रिय विद्यार्थी परिषद्का महादचिव पप्पु यादव, अभियानीहरू सूजन यादब, गणेशकुमार सिंह, चन्द्रमोहन सिंह लगायत सहभागी भए। चिनियाँ राजदूत चेन सोङले सेप्टेम्बर ३, २०२३ मा एक सम्बोधनको क्रममा नेपालले भारतसँगको आर्थिक सम्बन्धलाई घटाएर चीनसँग थप घनिष्ट सम्बन्ध राख्न आवश्यक रहेको बताएका थिए। उनले नेपालले भारतसँगको व्यापार घाटा भोग्दै आएको र यसको उत्पादन क्षेत्र संकुचित हुँदै गएको बताए ।

उनले चीनबाट नेपालले आर्थिक विकासको पाठ सिक्नुपर्ने बताए । चेङको भनाइको नेपालमा चौतर्फी आलोचना भईरहेको छ । धेरैले उनलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र देशको स्वाधीनतालाई खतरामा पारेको आरोप लगाएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x