१४ मंसिर २०८३, आईतवार

गौ हत्याको विरोधमा राप्रपाले काठमाडौँमा आज प्रदर्शन गर्दै

एसीपी संवाददाता

२७ भाद्र २०८०, बुधबार ०७:२० मा प्रकाशित

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ ।

गौ हत्याको विरोधसहित राजतन्त्र पुनर्बहाली, हिन्दु राष्ट्रको माग, सङ्घीयता खारेजीलगायतको माग राखेर काठमाडौँमा प्रदर्शन गर्न लागेको हो ।

राप्रपा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार आज मध्याह्न १२ बजे भृकुटीमण्डपबाट प्रदर्शन सुरु हुनेछ ।

राप्रपाले गौ हत्या बढे पछि विरोध स्वरूप प्रदर्शन गर्दै आएको छ । सोही क्रममा आज काठमाडौँमा प्रदर्शन गर्न लागेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x