१४ मंसिर २०८३, आईतवार
गैंडाले एक महिलाको ज्यान लिँदा दुई जना रुख चढेर बाँचे
कन्चनपुर । एक जना महिलाको गैँडाको आक्रमणबाट मृत्यु भएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
आज बिहान ८ बजेतिर च्याउ टिप्न निकुञ्जभित्र प्रवेश गरेकी बुढाको गैँडाको आक्रमण परेर घटनास्थलमै मृत्यु भएको राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।
मृतक बुढासँगै च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका अन्य दुई जना महिलाहरु रुख चढेर ज्यान जोगाएका हुन् । आज बिहान गस्तीका रहेको नेपाली सेनाले महिलाको शव फेला पारेको थियो ।
सेनाले दुई जना महिलालाई रुखमै चढेको अवस्थामा फेला पारेको हो । ती महिलाहरुले सेनालाई दिएको जानकारी अनुसार बुढालाई दुई वटा गैँडाले आक्रमण गर्दा मृत्यु भएको हो ।
Subscribe
Login
0 Comments


