१४ मंसिर २०८३, आईतवार

प्रधानाध्यापकहरुले भने- आन्दोलनमा हुने क्षतिको परिपूर्ति गर्छौँ

एसीपी संवाददाता

४ आश्विन २०८०, बिहीबार ०७:५१ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकले शिक्षा विधेयक खारेजीको माग गर्दै आन्दोलनमा साथ दिने बताउँदै विद्यार्थीलाई पुग्ने क्षतिको परिपूर्ति गर्ने बताएका छन । बुधबार उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।

‘संघीय संसद सचिवालय, संसद भवन सिंहदरबार काठमाडौंबाट जारी विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को खारेजीका लागि नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरी देशभरीको विद्यालय अनिश्चित रूपमा बन्द गरी सशक्त आन्दोलन सुरु गरेको कार्यक्रमलाई समर्थन छ’ विज्ञप्तिमा भनिएको छ, ‘अर्को सूचना नआएसम्मका लागि काठमाडौं महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयको प्रधानाध्यापकहरूको बैठकले माइतीघर मण्डलमा नियमित हाजिर हुने गरी सम्पूर्ण शिक्षक कर्मचारीहरू उपस्थित हुन अनुरोध गर्दै यो निर्णय गरेको छ ।’

यस्तै, आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने क्षतिलाई परिपूर्ति गर्न बिदाका दिनमा पनि पठनपाठन गरिने विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिप्रति संवेदनशील हुँदै उक्त क्षतिलाई परिपूर्ति गर्न बिदाका दिनमा पठनपाठन गरिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

यस्तै, महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले भने महानगरभित्रका कुनैपनि विद्यालयले आन्दोलनका नाममा पठनपाठनमा क्षति पु¥याए कारबाही गरिने बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x