१४ मंसिर २०८३, आईतवार

शिक्षकका न्यायोचित माग यथाशिघ्र सम्बोधन गर्न कांग्रेस बाँकेको आग्रह

एसीपी संवाददाता

५ आश्विन २०८०, शुक्रबार ०७:४३ मा प्रकाशित

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग यथाशिघ्र सम्बोधन गर्न सरकारसंग आग्रह गरेको छ । पार्टी सभापति नारायणप्रसाद गौडेलले आज एक प्रेस विज्ञप्ती जारी गर्दै शिक्षकको आन्दोलनप्रति नेपाली कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

सभापति गौडेलले भनेका छन्, “शिक्षाको ज्योति छर्ने शिक्षकहरु विभिन्न माग राखी आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनु निकै दुःखद् पक्ष हो । लाखौं बालबालिकाहरु पठनपाठनबाट बञ्चित हुने अवस्था सिर्जना भएको विषम् परिस्थितिप्रति गम्भीर बन्न आवश्यक छ ।”

शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग यथाशिघ्र सम्बोधन गर्न सरकारसमक्ष जोडदार अपिल गरिएको छ । बर्षौंपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऐनमार्फत बर्षौंदेखि अल्झिएका समस्याहरुको गाँठो फुकाउन सरकारले यथोचित पहल गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

शिक्षक र सरकारलाई संवादमार्फत तत्काल समाधान खोजेर विद्यालय अबिलम्ब सुचारु गर्न गराउन सरकार र शिक्षक नेतृत्वसंग आग्रह गरिएको छ ।

‘शिक्षा विधेयक संसदमा दर्ता भएको अवस्थामा त्यसमाथि छलफल गर्ने, संशोधन गर्ने र शिक्षकहरुलाई आत्मसम्मान महसूस हुने गरी निष्कर्षमा पुग्ने भरोसा शिक्षकहरुलाई दिलाएर पठनपाठनको वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो । तसर्थ सरकारले ठोस अग्रसरता लिन जरुरी छ,” विज्ञप्तीमा भनिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x